breaking news

आजको राशीफल

आजको राशीफल

भोलिको पात्रो
श्रीसूर्य उत्तरायण वसन्त ऋतु,प्लवङ्ग नाम संवत्सर, शाके १९३६,सम्वत २०७१ साल चैत्र ५ गते विहिवार, नेपाल सम्बत ११३५ चिल्लागा सन् २०१५ मार्च १९ तारिक कृष्णपक्ष चतुर्दशी तिथि साँझ ६÷१६ वजेसम्म, शतभिषा नक्षत्र अपरान्ह २÷११ वजेसम्म, साध्ययोग मध्यान्ह १२÷४२ वजेसम्म, भद्राकरण विहान ७÷२८ वजेसम्म, आनन्दादियोग वज्र, सूर्य मीन राशीमा,चन्द्रमा कुम्भ राशीमा ।
मेषः– पारिवारिक सहयोगमा आर्थिक उन्नति हुने योग छ । व्यापार व्यवसायबाट पनि आम्दानी बढ्नेछ ।

वृषः– पराक्रम बढ्नेछ । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका कामबाट लाभ पनि हुनेछ ।

मिथुनः– आफ्ना कामले भन्दा अरुका कामले प्राथमिकता पाउने छ । अनिर्णयको बन्दि हुनुहुनेछ ।

कर्कटः– आर्थिक संकट आर्ई लाग्न सक्छ । चिन्ताले छोड्ने छैन । काम गरेर नाफा भन्दा घाटा हुनेछ ।

सिंहः– प्रेमिकाबाट सहयोग पाईनेछ । भोग विलासिता बढ्नेछ । व्यापारबाट सामान्य लाभ हुनेछ ।

कन्याः–मनोबल उच्च गरी काम गर्नु होला । स्वाथ्य अनुकुल रहनेछ । नयाँ कामको सम्भावना देखिन्छ ।

तुलाः– व्यापार व्यवसायबाट सन्तुष्टि मिल्ने छैन । अन्योलता बढ्नेछ । यात्रामा कष्ठ हुने देखिन्छ ।

वृश्चिकः– व्यापार व्यवसायबाट कम लाभ होला । काममा ढिला सुस्ति हुने देखिन्छ । आलस्यता बढ्नेछ ।

धनुः– व्यवहार गर्दा चिनेर मात्रै काम गर्नु होला । सुख शान्ति मिल्नेछ । कार्य प्रगति राम्रो रहला ।

मकरः– दिन मध्यम छ सोच विचार काम गर्नु होला । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला ।

कुम्भः– लगानीका क्षेत्रमा हात नहाल्नुहोला पछि पश्चताप हुृनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् ।

मिनः– व्यापार व्यवसायबाट आशातित लाभ लिन सकिने छैन । अनावस्यक तनाव हुनेछ । खर्च बढ्ला ।