breaking news

अनुमति नलिएपछि चाउचाउ उद्योग बन्द

August 8th, 2015 | by adminabis

पोखरा,-पोखराको जाल्पा रोडमा अनुमति बिना सञ्चालित चाउचाउ उद्योग बन्द भएको छ । जिल्ला अनुगमन समिति कास्कीले शुक्रवार गरेको अनुगमनको क्रममा अनुमति विनै सञ्चालन भएको भेटिएपछि उद्योग बन्द गरिदिएको हो । पोखरा ८ जाल्पा रोडमा रहेको फेमिली नुडल्समा अनुगमन गर्दा उत्पादन कक्ष फोहोर, उत्पादित वस्तुमा लेवन नभएको र खाद्य उद्योगको अनुज्ञापत्र समेत नभएकोले वन्द गराइएको उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले जानकारी दिए ।

बिगत लामो समयदेखि सञ्चालित उद्योगले पनि हेलचक्र्याई गरी सरकारी नीति नियमको उल्लघन गर्नुको साथै उपभोक्ता हित बिपरित काम गरेको उनले बताए । जिल्ला प्रशासन कार्यालय, बाणिज्य विभाग, घरेलु तथा साना उद्योग कार्यालय, नापतौल कार्यालय, जिल्ला खाद्य निरीक्षण इकाइ कास्की र उपभोक्ता मञ्च कास्की समेतका प्रतिनिधी सम्मिलित अनुगमन टोलीले पोखराको सृजनाचोकमा रहेको चाउचाउ र सस उद्योगलाई सचेत गराएको छ ।

निरीक्षणको क्रममा सरसफाईमा ध्यान दिन, नापतौलका सामाग्री प्रमाणीकरण गर्न र लेवन स्पष्ट बुझिने गरी लगाउन निर्देशन दिइएको कोईरालाले बताए । अनुगमन समितिले विहिवार ग्यासको अनुगमन गरेको थियो । बजार अनुगमनको कामलाई निरन्तरता दिने समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *