अन्नपुर्ण हिमाल चढेर फकिर्दै गर्दा दुई जना बेपत्ता भएका छन् । सोलुखुम्बुका पेम्वा शेर्पा र फिनल्याण्डका मिकास्नोली नेसिका हराएका हुन् । डिम्रर्स डेस्टनेसन टे«किङ्ग एजेन्सीबाट गएका उनिहरु हिमाल चढेर फकिर्दै गर्दा हराएका हुन् । अन्नपुर्ण हिमालको ८ हजार ९१ मिटर चढेर फकिर्दै गर्दा मंगलबारदेखि हराएका प्रहरीले जनाएको छ । उनिहरुको खोजीका लागी सिम्रिक एयरको हेलिकप्टर त्यस तर्फ गएको छ । उनिहरु मार्च ३ तारिखमा काठमाडौबाट अन्नपूर्ण हिमाल चढ्न गएका थिए ।
पाठक प्रतिकृयाहरू