breaking news

आन्तरिक विवाद , संविधान निर्माण ओझेलमा

March 22nd, 2015 | by adminabis

सत्ता साझेदारी दलहरु आन्तरिक विवादमा छन् । संविधान निर्माणको प्रक्रिया कता पुग्यो कसैलाई वास्ता छैन् । एमाओवादी लगायतको मोर्चा आन्दोलनको चक्करमा घनचक्कर बनिरहेको छ ।

नेपाली काँग्रेसभित्र सत्तापन र देउवा पक्ष बीच आरोप प्रत्यारोपमै समय खर्चिन थालेको छ । नेकपा एमाले पनि भातृ संगठन युवा संघको दुई पाटामा देखिएपछि मिलाउनै हैरानमा छन् । बरिष्ठ नेताहरु पनि विभाजित हुदैं दुई खेमाको उदघाटन र बन्द सत्रमा देखएका छन् । राजनीतिक संक्रमणले जरा गाडिरहेको अवस्थामा स्वयं दलहरु आन्तरिक विवादको भुमरीमा फँस्दा संविधान निर्माण गरेर निकास निकाल्ने तर्फ चासो कुनैपनि दलको देखिदैन् । संविधान निर्माणको लागि केवल चासो राष्ट्रपति र सभामुखलाई मात्रै भएको जस्तो देखिएको छ ।

ठोस निष्कर्ष निकाल्ने गरी बार्ता गरेर सहमति गर्न सभामुखले आग्रह गरिरहँदा एमाले र काँग्रेस आन्तरिक भुमरीमा फँसेको छ । एमाओवादीले अल्पमतलाई उचालेर आफनो मुद्धालाई स्थापित गर्न सक्रिय देखिएको छ । संक्रमणकालमा जसको शक्ति उसको भक्ति भने झैं दलहरु कसैले कसैलाई स्वीकार्ने अवस्था देखिदैन् । स्वीकार्ने अवस्थामा नहुदाँ विश्वासको बातावरण पनि बनेको छैन् । विश्वासको बातावरण नबन्दा दलहरुले उठाएको सहमतिको अर्थको औचित्यतामा देखिन छाडेको जस्तै भएको छ ।

संविधान बनाएर निकास निकाल्ने अभियानमा लाग्नुपर्ने बेलामा दलहरु आपसी किचलोमै समय विताउन थालेपछि जनताको समस्या समाधान गर्ने दल र नेताहरु देखिन छाडिसके । आफैंभित्रको तिक्तताले कमजोर बन्दै जादाँ संविधानको खाका पनि एकातिर थन्किएको छ । समस्या समाधान गरेर सहमतिय राजनीतिबाट निकास निकाल्ने प्रेरित हुनुपर्ने अवस्था छ । तर दलहरु त्यसप्रति सम्वेदनशिल बन्नै सकेका छैन् । यो नेपाल र नेपालीको लागि सबैभन्दा दुर्दशा र दुर्भाग्य हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *