breaking news

एउटाको पडक अर्कोले तोड्दै

May 18th, 2017 | by adminabis
एउटाको पडक अर्कोले तोड्दै
पोखरा र सेरोफेरो
0

धन बस्नेत
पोखरा

आफनो पकड बलियो मानिएको वडाहरुमा नेकपा एमाले र नेपाली काँग्रेस पराजित भएका छन् । नेकपा एमालेको बलियो पकड रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ बैदाममा काँग्रेसको उदय भएको छ । वडा नं ८ मा भने नेकपा एमालेले रातो झण्डा गाडेको छ ।Pokhara-Lekhnath-Metropolitan-City-complete-political-map

दुवै वडामा नेकपा एमाले र नेपाली काँग्रेसले मिश्रित परिणाम ल्याएको छ । वडा नं ६ मा नेपाली काँग्रेसका जगतबहादुर पहारी वडाध्यक्षमा चुनिए । उनीसँगै काँग्रेसका दुई र एमालेका दुई वडा सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी वडा नं ८ मा पनि नेकपा एमालेले वडाध्यक्षमा आफनो अस्थित्व देखाउँदा काँग्रेसले भने दुई वटा सदस्यलाई निर्वाचित गराउन सफल भएको छ ।

अहिलेको मत परिणाम अनुमान र आकलन गरेको भन्दा केही फरक आएको छ । केही पकड वडा बाहेक अन्यमा छ्यासमिस नतिजा आएका छन् । तर १ र ५ मा भने नेकपा एमालेले पुरानै लय समात्दै पकड लाई अझ दरिलो बनाई राखेको छ । २, ३ र ४ मा भने नेपाली काँग्रेसले इतिहासदेखि नै आफनो प्रभुत्व कायम गर्दै आएको छ ।

जितेका वडाहरुमा दुवै राजनीतिक दलले खुशीयाली मनाईरहेका छन् । ८ वडाको मतगणना परिणाम अनुसार एमाले र काँग्रेस दुवैले ४÷४ वडामा वडाध्यक्षको नाम लेखाईसकेका छन् । अझै महानगरका २४ वटा वडाको मत गणना हुन बाँकी छ । ३३ वडाका एकलाख ६८ हजार ६७ मतदातामा एकलाख २५ हजार ६ सय ८० मत खसेको छ । आठ वटा वडाको सदर मत १६ हजार चारसय गनिसकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *