पोखरा, १६ साउन-ममिता गौतम स्मृति प्रतिष्ठान पोखरा १० रामबजारले शनिवार एक कार्यक्रमको आयोजना गरी कास्की जिल्लामा एसएलसी उत्तीर्ण दलित छात्रछात्राहरुलाई अभिनन्दन तथा समाजसेवामा समर्पित समाजका अगुवाहरुलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि सभासद् चुडामणि जंगलीले समाजमा विभिन्न प्रकारका विकृति, विसंगतिहरु तपाइहामी समाजका अगुवाहरुले नै हटाउन सक्ने र तबमात्र समुन्नत समाजको निर्माण हुने बताए । उनले हामीहरुले अब आर्थिक क्रान्ति गर्नु जरुरी रहेको बताउँदै देश परिवर्तनको संघारमा पुगेकोले अब देशमा संविधान जारी हुने र त्यसमा तपाइ हाम्रा कुराहरु समेटिने बताए । उनले राज्यका उत्पादनशक्ति श्रमजीवी वर्ग हुन्, तिनीहरुलाई देशको मूलधारमा ल्याउन जरुरी भएको बताउँदै प्रतिष्ठानले शिक्षा क्षेत्रमा लागेका समाजसेवामा लागेकाहरुलाई सम्मान गर्ने महत्वपूर्ण कार्य गरेकोमो त्यसको अनुशरण सबैले गर्नुपर्ने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि पोउमनपाका निमित्त प्रमुख ओमराज पौडेलले यस प्रतिष्ठानले स्थापनाकालदेखि नै समाजमा राम्रो कार्य गर्दै आइरहेको बताउँदै यस्ता सकृय संघसंस्थाहरुलाई नगरपालिकाले सहयोग गर्ने र दलित र महिलाको क्षेत्रमा अझ सकृय भई सीपमूलक एवं शिक्षामूलक, ज्ञानमूलक कार्य गर्न आग्रह गरे । कार्यक्रममा सल्लाहकार एवं दलित उत्पीडित वर्ग उत्थान समन्वय समिति कास्कीका उपाध्यक्ष दुर्गाबहादुर सुनार, पूर्व सम्मानित व्यक्तित्व मणिराज परियार, सल्लाहकार धनबहादुर नेपाली, नेका १० का सभापति विष्णु शर्मा, नेकपा एमाले सचिवालय सदस्य प्रेम विक, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयका गोमा दिदी लगायतले प्रतिष्ठानले गरेका कार्यहरुको प्रसंसा गरेका थिए ।
पाठक प्रतिकृयाहरू