breaking news

कर्ण दास एकल साँझ पुसको दोस्रो साता

December 13th, 2015 | by adminabis
कर्ण दास एकल साँझ पुसको दोस्रो साता
मनोरञ्जन
0

पोखरा । पोखरामा कर्ण दासको एकल साँझ हुदैै छ । लायन्स कलब अफ पोखरा आदर्श चौतारीले कर्ण दास नेपाल फर्किएको अवसर पारेर आउँदो पुस ११ गते एकल साँझ गर्ने जमर्कोमा जुटेको हो ।karna das

बैशाखमा १२ र २९ गते गएको भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुननिर्माण सहयोगार्थ आयोजित कार्यक्रममा कर्ण दासले आफना पुराना डेढ दर्जन गीतहरु प्रस्तुत गर्ने छन् । अमेरिकाको बसाईपछि फर्किएका कर्ण दासको यो संगितीक यात्रा भने पहिलो हुने छ । पोखराको सभागृह हलमा आयोजना हुने कार्यक्रमको लागि विभिन्न संघसंस्थाले सहयोग गरेका छन् ।

कार्यक्रमको लागि जिंक भोड्काले मुख्य प्रायोजन गरेको छ । भने सपोर्टिङको भूमिकामा बर्नहार्ट एजुकेशन कन्सल्टेन्सीले गरेको छ । आविष्कार दैनिकले अफिसियल मिडियाको भूमिका खेलेको छ । एकल साँझबाट बचत रकम भूकम्पबाट बढी प्रभावित विद्यालयको भौतिक संरचना निर्माणमा खर्च गरिने एकल साँझका संयोजक शिव नेपालीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *