पोखरा
कास्की जिल्ला उसु संघको अध्यक्षमा योगेन्द्रबहादुर केसी चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न अधिवेशनले केसीको नेतृत्वयमा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा वीरेन्द्र गहतराज, सचिवमा शंकर बहादुर खाँण, सहसचिवमा तुलसी गुरुङ र कोषाध्यक्ष छवी गुरुङ चयन भएका छन् ।

संघका सदस्यहरुमा लेखबहादुर थापा (सौगात), सुकदेव रोका, झरना गुरुङ र भोजराज सापकोटा (सन्तोष) चयन भएका छन् । ४ जना सदस्य पछि मनोनित गरिने केसीले जानकारी दिए । अध्यक्षमा चयन भएका केसीले उसु खेलको विकासका लागि संघ निरन्तर क्रियाशील हुने बताए । केसी पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव समेत हुन् ।
उसु संघका केन्द्रीय सचिव प्रताप थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष याम गुरुङको प्रमुख आतिथ्यतामा भएको हो । सो अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य फत्त गुरुङ, कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दीपक गोदार, कार्यालय प्रमुख प्रकाश बराललगायतले बोलेका थिए ।