पोखरा, २२ बैशाख-सहयोगी भावना मनभित्रैबाट आउनुपर्छ । धन भएर पनि मन नहुदाँ सहयोग हुन सकेको छैन् । तर पोखराका कारागारमा रहेको कैदीबन्दीहरुले भूकम्प पीडितको लागि आर्थिक सहयोग जुटाएका छन् ।
विभिन्न मुद्धामा कैदी जीवन विताईरहेका कास्की कारागारका कैदीहरुले प्रधानमन्त्री दैवी प्रकोर राहत कोषको लागि ५५ हजार ५ सय ५५ रुपियाँ सहयोग गरे । ५ सय ७२ जना महिला तथा पुरुष कैदीहरुले दैनिक आफनो रासन र भत्ता स्वरुप संकलित रकम प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई मगलबार हस्तान्तरण गरेका थिए । बन्दी नाईके नानीराम श्रेष्ठले रकम हस्तान्तरण गर्दै भूकम्प पीडितको पीडामा थोरै भएपनि मलम लगाउने अभियानमा जुटे ।
कारागारका स्वास्थ्य विभाग हेर्दैै आएका अधिकृत विष्णुप्रसाद सुवेदीका अनुसार कैदीलाई दैनिक ४५ रुपैयाँ र सातसय ग्राम चामल उपलब्ध गराउँदै आइएको छ । उपलब्ध गराएको पैसा र रासनबाट जोगाई कैदीहरुले रासनलाई रकममा परिणत गरेर उक्त रकम हस्तान्तरण गरेको उनले बताए ।
कास्की कारागारमा अहिल पुरुष ६ सय ४ जना छन् । महिला ६३ जना र पाँच जना नाबालक रहेको समेत उनले जानकारी दिए । लागु औषध, कर्तव्य ज्यान, जर्वजस्ती करणी, चोरी ठगी लगायतका मुद्धा उनीहरुले खेपीरहेका छन् ।
पाठक प्रतिकृयाहरू