breaking news

क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल शिलान्यास दुईमहिनाभित्र ‘पोखराको वैभवलाई लुम्बिनी र मुक्तिनाथसँग जोड्नुपर्छ’

December 29th, 2015 | by adminabis

धन बस्नेत,पोखरा /

पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारै पिच्छे मन्त्रीले शिलान्यासको मिति घोषणा गर्छन् । पोखरालाई पर्यटनको गन्तव्यस्थल बनाउनुपर्ने धारणा राख्दै अन्तराष्ट्रिय विमानस्थल निर्माण अपरिहार्य रहेको उल्लेख पनि नगरिएको होईन् । तर शिलान्यास भने अझै भएको छैन । सोमबार १७ औं पोखरा सडक महोत्सव उदघाटन गर्न आईपुगेका पर्यटन तथा नागरिक उडड्यन मन्त्री आनन्द पोखरेलले पनि अन्तराष्ट्रिय विमानस्थलको शिलान्यासको मिति घोषणा गरिदिए । पोखराका पर्यटन व्यवसायीले खुशी व्यक्त गर्दै ताली पिटे । यसअघि अर्थमन्त्री रामशरण महतले पनि शिलान्यासको मिति घोषणा गरेका थिए ।

‘अबको दुई महिना भित्र फागुन १३ गते क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल शिलान्यास हुन्छ,’—मन्त्री पोखरेलले सडक महोत्सव उदघाटन गर्दै भने— ‘तीन वर्षभित्रमा निर्माण पुरा गरेर छोड्छौं ।’ उनले पोखरालाई अन्तराष्ट्रिय पर्यटकीय केन्द्र बनाउन पनि विमानस्थल अपरिहार्य रहेको उल्लेख गरे ।Pokhara_Festival

पोखराको पर्यटन तराईको लुम्बिनी र हिमालको मुक्तिनाथसँग जोडिएको उल्लेख गर्दै मन्त्री पोखरेलले विमानस्थल निर्माणले भारतीय वैष्णवलाई मुक्तिनाथ र चीनियाँ बौद्धिष्टलाई लुम्बिनी लैजान सहज हुने विश्वास व्यक्त गरे । ‘पोखराको वैभवलाई लुम्बिनी र मुक्तिनाथसँग जोडिनुपर्छ ।’ उनको भनाई थियो ।

आर्थिक विकासको मेरुदण्ड नै पर्यटन भएको उल्लेख गरे । उनले पर्यटनसँगै दोस्रो जलस्रोत, तेस्रोमा बन जंगल र चौथोमा उद्योग धन्दाको निर्माण गर्नुपर्नेमा जोड दिए । नेपालको पर्यटनको विकास विशेष गरी साहसिक÷टे«किङ, साँस्कृतिक÷धार्मिक, पर्यावरण पर्यटन विना सम्भव नहुने भन्दै त्यस क्षेत्रको लागि सरकारले विशेष चासो र पहलकदमी गरेको स्पष्ट पारे । ‘पर्यटनलाई शहरदेखि गाँउसम्म अब जोड्नुपर्छ ।’ उनको भनाई थियो ।

मन्त्री पोखरेलले पर्यटन प्रवद्र्धनको लागि राष्ट्रिय साँस्कृतिक संग्रहालय निर्माण गर्ने प्रतिबद्धता दोहो¥याए । एकसय २७ आदिबासी जनजाति, भाषाभाषी तथा धार्मिक रहेको नेपालको विविधतामा एकता भएको साँस्कृतिक अध्ययनको लागि पर्यटक आउने हुदाँ त्यसको लागि राष्ट्रिय संग्रहालय निर्माण गरिने बताए । ‘बोटानिकल गार्डेन समेत निर्माण गरेर कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने लक्ष्य सरकारले लिएको छ ।’ उनले भने—‘दरबारलाई संरक्षण गरेर राजदरबारको इतिहास देखाई अध्ययन केन्द्रको रुपमा विकास गर्न जरुरी छ ।’

संसदीय विकास समितिका सभापति एवं सभाषद रविन्द्र अधिकारीले अरु क्षेत्रको भन्दा पोखराको क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण छिटो हुने प्रतिबद्धता गरे । क्षेत्रीय प्रशासक केदारबहादुर अधिकारीले उत्तर र दक्षिणका पर्यटकलाई जोड्ने पुर्वाधारको अभाव रहेको उल्लेख गरे । विमानस्थल निर्माणको आयोजनालाई छिटो सम्झौता गरेर टुग्याउन आग्रह गर्दै प्रशासक अधिकारीले प्रकृति र मानव निर्मित पुर्वाधार पर्यटन प्रवद्र्धनको आधार रहेको बताए । उनले पोखराको चक्रपथ र मुक्तिनाथको गुरुयोजना सार्थकताको लागि विशेष ध्यान दिन समेत आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *