आविष्कार संवाददाता ,पोखरा
दिनभरी प्रहरी नियन्त्रणमा रहेको चलचित्रकर्मी साँझ तारेखमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले चलचित्र विकास बोर्डको स्वीकृति ल्याउन निर्देशन दिदैं पोखरामा छायाँकनको क्रममा चलचित्र जिश्मको युनिटलाई नियन्त्रणमा लिइएको थियो ।
‘चलचित्र विकास बोर्डको अनुमति नलिई छायाँकन गरिएको सूचना आएपछि नियन्त्रणमा लिन निर्देशन दिइएको हो ।’ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले भने—‘भोलि बुधबारसम्म अनुमति पत्र नआए कानूनी कारवाही गर्ने छौं ।’ उनका अनुसार चलचित्र युनिटलाई तारेखमा छोडिएको छ तर सामान भने नियन्त्रणमै राखिएको छ ।
पोखरा १८ खाल्टेमसिनामा चलचित्र छायाँकन भइरहेको अवस्थामा चलचित्र विकास बोर्डको पत्र अनुसार प्रशासनले जिल्ला प्रहरी कार्यालय कास्कीलाई नियन्त्रणमा लिन निर्देशन दिएको थियो । निर्देशन अनुसार जिल्ला प्रहरी कार्यालय कास्कीले आफना मातहतका सबै वडा प्रहरी कार्यालयलाई सूचना जारी ग¥यो । सूचना जारी गरे लगत्तै वडा प्रहरी कार्यालय रामबजारको टोलीले चलचित्र युनिटलाई नियन्त्रणमा लिई प्रशासन समक्ष बुझाएको थियो ।
विना अनुमति चलचित्र छायाङ्कनको आरोपमा पक्राउ परेका अर्चना पनेरु सहितको टिम तारिखमा छुटेका छन् । वडा प्रहरी कार्यालय रामबजारले चलचित्र छायाँकन चलिरहदाँ नियन्त्रणमा लिएको थियो । ‘ पोर्न स्टार’ बन्ने लक्ष्य सहित चर्चामा आएकी पनेरुलाई लिएर फिल्म निर्माण गर्न लागेका निर्देशक राजु गिरीले अनुमतिनै नलिइ छायाङ्कन गरेका थिए । फिल्म छायाङ्कनमा प्रयोग भएका सबै सामाग्री स्थानिय प्रशासनले नियन्त्रणमा लिएको छ । ‘ विना अनुमति फिल्म छायाङ्कन हुदैछ भन्ने सूचनाको आधारमा हामीले नियन्त्रणमा लिएका हौ, ’ प्रमुख जिल्ला अधिकारी मैनालीले पिसपोखरासँग भने ‘ बुधवार आवश्यक प्रमाण लिएर आए छोड्नेछौ नत्र कानुन अनुसार कारवाही हुनेछ ।’ निर्देशक राजु गिरीसँग भने यो विषयमा जानकारी लिन सकिएन् । मोवाईल सम्पर्कमै हुन सकेन् ।
पाठक प्रतिकृयाहरू