पोखरा -संविधानको पहिलो मस्यौदामाथि छलफल जनताको घर दैलोमा आएका सभासदलाई मतदाताले दिएका अधिकांश सुझाब राजनीतिक दलकै एजेण्डा छन् । सुझाब दिन आएकाहरुका हातहातमा आफ्ना दल विषेशका एजेन्डा र सुझाव लिएर बसेका थिए भेटिएका थिए । एमाले, एमाओवादी, कांग्रेस, अखण्ड नेपाल लगायतका पार्टीले आफ्नो एजेन्डा पार्टीका कार्यकर्तालाई बाडेका दिए ।
सोमबार र मंगलबार कास्कीका विभिन्न ठाउँमा भएको सुझाब संकलनमा अधिकांशले मस्यौदा पढेर भन्दा राजनीति एजेन्डाहरु प्रस्तुत गरिरहेका थिए । एजेन्डा बाढ्नमा पहिले पंङतीमा एमाले कार्यकर्ता थिए भने अन्य पाटीका कार्यक्रर्ता पनि लागे कै थिए । एमाले कार्यकर्ताहरु बुँदागत सुझावको लिखित फोटो कपि नै बाडेका थिए । एमाले पार्टीले बाडेको सुझाबमा प्रत्यक्ष निवाचित राष्ट्रपति वा प्रधानमन्त्री हुनु पर्ने छ । कांग्रेसका कार्यकर्ताहरुले भने एउटै लिखित सुझाव नबाँडेपनि प्रजातान्त्रिक समाजवाद र बहुलवाद संविधानमा उल्लेख गर्न माग गरेका थिए ।
एमाओबादीले संविधानमा सशस्त्र संघर्षको सट्टा जनयुद्ध उल्लेख गरिनुपर्ने, राष्ट्रिय जनाबर गाईबाट एक सिङ्गे गैडा बनाउनु पर्ने रहेका छन् । अखण्ड पाटिको माग भने धर्म निरपेक्ष होइन, नेपाल हिन्दु राष्ट्र हुनु रहेको छ । मस्यौदा पढेर आफ्नो सुझाव दिनु भन्दा पार्टीगत सर्कुलर र पार्टीको एजेन्डा प्रस्तुत गर्दा राम्रो सविधान नआउने हो कि भन्ने लागेको सुझाब दिन आउनेहरुले बताए ।
हिन्दुराष्ट्र बन्नेमा आशाबादी
सनातन धर्म सेवा समिति कास्कीले नेपाललाई हिन्दुराष्ट्र बन्नेमा विश्वास ब्यक्त गरेको छ । मंगलबार एक प्रेश विज्ञप्ति जारी गरी समितिले नेपाल धर्म सापेक्ष हिन्दुराष्ट्र बन्नेमा विश्वास ब्यक्त गरेको हो । बहुसंख्यक जनताले हिन्दु राष्ट्रको पक्षमा दिएको सुझावले धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नेहरुको मनशायलाई गलत सावित गरेको समितिले बताएको छ । विज्ञप्तिमा भनिएको छ–विश्वमा धेरै मुलकु धर्म सापेक्ष हुन हुने, तर नेपालमा हिन्दुहरुको बाहुल्यता हुँदाहुँदै पनि धर्म निरपेक्ष घोषणा गरिनु अप्रजातान्त्रिक निर्णय हो ।
हिन्दु राष्ट्रको पक्षमा आम नेपालीमा चेतना बढेको भन्दै समितिका अध्यक्ष रविन्द्र माकाजुले नेपालको धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न नेपाललाई हिन्दु राष्ट्र नै कायम गर्नुपर्ने बताए ।
पाठक प्रतिकृयाहरू