पोखरा । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सिमाङकन परिमार्जन गर्न दुई तिहाई बहुमत आवश्यक हुने भन्दै कसैले जोरजवरजस्ती गर्दैमा परिमार्जन नहुने बताएका छन् । ‘आन्दोलन गरेर जोरजवरजस्तीले परिमार्जन हुदैन् त्यसका लागि दुई तिहाइ बहुमत चाहिन्छ ।’ प्रेस चौतारी कास्कीले मंगलबार विहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने—‘ संविधानको बाटोबाटै समस्याको समाधान खोज्नुपर्छ ।’
उनले सवैलाई चित्त बुझाउनुपर्छ कसैले बखेडा बाजी गरेकै भरमा परिमार्जन गर्न नसकिने स्पष्ट पारे । उनले संविधान सभाबाट संविधान जारी भैसकेकाले अब दुई तिहाई विना केही गर्न नसकिने स्पष्ट पादै पूर्वबाट मधेशलाई तन्काएर झापा पु¥याउने र पश्चिमबाट कञ्चनपुर पु¥याउँदा ती ठाँउमा आगो बल्ने, अनि त्यो आगो देशभर सल्कन सक्ने भन्दै सवैको चित्त बुझाउनुपर्नेमा जोड दिए ।
उनले नेपालमा आन्तरीक समस्या नभएको बताउदै केही समस्या भए संविधान संशोधन गरेर गर्न सकिने बताए । संविधानलाई लापरर्वाही गरेर माग पुरा नहुने भन्दै संविधान कार्यान्वयन प्रभावरी रुपमा गर्न दृढताका साथ उभिने बताए । नेता खनालले नाकाबन्दीलाई अवसर सृजना गरेको भन्दै आशिवार्दको रुपमा लिनुपर्नेमा जोड दिए । आफनै पार्टीको नेतृत्वमा सरकार गठन भएपनि नेता खनालले नाकाबन्दीले समस्या थपेको उल्लेख गर्दै समस्यालाई निराकरण गर्न सरकार गतिशिल बन्न नसकेको गुनासो गरे ।
पाठक प्रतिकृयाहरू