breaking news

जलकुम्भी झार अब आम्दानीको स्रोत

July 4th, 2015 | by adminabis
जलकुम्भी झार अब आम्दानीको स्रोत
पोखरा र सेरोफेरो
0

पी चन्द्र न्यौपाने
पोखरा -वर्षायामसँगै जलकुम्भी झार तालमा मौलाउँदै आउँछ । पानीको सतह देखिदैन् । बीच बीचमा फुलेको फुलले ताल माथि निकै सौन्दर्यता देखाएको छ । तर त्यसले डुंगा व्यवसायी र जलारीको जीवनमा भने गम्भीर असर पु¥याएको छ । पर्यटकीय फेवाताल वर्षायामसँगै जंगल गार्डेनको रुपमा परिणत हुने गरेको छ । तालमाथि हरियालीसँगै फूल फुलेको देख्न पाइएपछि पोखराका पर्यटन व्यवसायीहरुले फेवाताललाई जंगलको गार्डेनको उपनाम दिएका छन्् ।

झार फाल्न वर्षेनी संघसंस्थाले लाखौं रुपियाँ खर्च समेत गर्दै आएका छन् । झारकै कारण तालको प्रदुषण बढ्दै गएको छ । नौका विहार गर्न समेत कठिनाई हुदैं आएको छ । झलकुम्भी झार फाल्न पर्यटनकर्मीले कर्मचारी नै खटाउँदै आएका छन् । तर अब जलकुम्भी आम्दानीको स्रोत बनेको छ । जलकुम्भी झार अब घरायसी प्रयोजन हुदैं आएका छन् । jalakumbhi

वर्षेनी ट्रकका ट्रक फालिने झार अहिले आम्दानीको स्रोत बनाउन पोखरा हस्तकला संघले पहल थालेको छ । संघले महिलाहरुको दैनिक आयआर्जनको लागि जलकुम्मी झारबाट ढकिया, पेन दानी, डस्बिन लगायतका सामाग्री बनाउन तालिम दिएको छ । तालिमले महिलाहरुको क्षमता समेत अभिबृद्धि गरेको छ । फेवातालको समस्याको रुपमा रहेको जलकुम्भी झारबाट हस्तकलाका सामाग्री बनाएर बिक्री गर्न सकिए महिलाको आयस्तरमा वृद्धि हुने आशा र विश्वास गरिएको छ । नेपाल हस्तकला महासंघले वार्षिक रुपमा ८ अर्बको हस्तकलाका सामाग्री निर्यात गर्ने गरेको छ । जलकुम्भी झारबाट निर्मित बस्तुको पनि बजारीकरण गर्नुपर्नेमा नेपाल हस्तकला महासंघका उपाध्यक्ष सुरजमान बज्राचार्यले जोड दिएका छन् । तालिमको संयोजन भने रेडियो जननीले मिलाएको थियो ।

नमुना आर्दश आमा समुह मालेपाटनको व्यवस्थापनमा सञ्चालित तालिममा पोखराका २५ जना महिलाको सहभागि थिए । हस्तकला संघकी अध्यक्ष हिरा भट्टराईले घरायशी काममै दिन बिताउने गरेका दिदी बहिनीलाई फुर्सदको समयमा आयमुलक कार्यमा संलग्न हुन यस्ता तालिमले सीप प्रदान गर्ने बताउँदै महिलाहरु घरायशी काममा मात्रै नभई उद्यमशीलतामा जोड दिईन् .पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष देव क्षेत्रीले रोजगारीका लागि महिला दिदीबहिनी खाडी मुलकमा गएर दुख भोग्नु परेको भन्दै उनीहरुलाई यस्ता हस्तकलाको तालिम दिईनु पर्ने बताए । उनले आगामी औद्यौगिक मेलामा महिलाहरुले बनाएका हस्तकलाका सामग्री राख्न संघले निशुल्क स्टलको व्यवस्था गर्ने बताए ।

घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख कृष्ण आचार्यले सिकेका कुरालाई व्यवहारमा उतार्दै आर्यआजनमा लाग्न तालिममा सहभागीलाई आग्रह गरेका थिए । पोखरा उपमहानगरपालिकाका वातावरण शाखाका अधिकृत निर्मलमानसिंह भण्डारीले फोहोरमैलाको रुपमा फाल्ने गरिएका वस्तुबाट पनि विभिन्न सामाग्री बनाई आर्यआर्जन गर्न सकिने भएकाले त्यस वस्तुको पहिचान गरि उपयोग गर्न सकिए फोहरमैला व्यवस्थापनमा पनि सहजता हुने बताए । जलकुम्भी झारलाई कम्पोष्ट मल बनाउने समेत सकिने केही वर्ष अघि बताईएको थियो । आम्दानीको स्रोत बनाउन सकिने भएपनि सर्वसाधारणको र सरोकारवाला निकायको ध्यान जान सकेको छैन् ।
समापन कार्यक्रममा तालिममा उत्कृष्ट हुनेलाई प्रमाणपत्र र हस्तकलाको सामाग्री बनाउने जलकुम्भी झार प्रदान गरिएको थियो । तालिममा मालेपाटन ५ की विष्णु उच्याई प्रथम, मालेपाटन ५ की सीता शाही द्धितिय, सिमलचौर ८ की देबीकुमारी आले तृतीय र सिर्जनाचोकी किरण बराल सान्त्वना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *