आविष्कार संवाददाता
पोखरा १५ बैशाख
भूकम्प गएको मंगलबार तीन दिन वित्यो । तीन दिन वितेपनि उद्दार र राहत गोरखाको दुर्गम ठाँउमा अझै पुगेको छैन् । क्षतिको विवरण आउन सकेको छैन् । कसैले भन्दिएको आधारलाई आधिकारीक मान्नुपर्ने बाध्यता छ ।
सरकारको उपस्थिति हुन नसक्दा स्थानीय आक्रोषित बनेका छन् । जनप्रतिनिधि पनि छैनन् । डेढदशक भन्दा बढी भयो जनप्रतिनिधि विहीन भएको छ । स्थानीय निकायको चुनाव नहुदाँ समस्या अहिले देखिएको छ । शीर्ष राजनीतिक दलहर स्थानीय निकायको चुनाव गराउन चाहेनन् । गाउँठाँउको बस्तुस्थिति बुझ्ने र लगत संकलन गर्ने जनप्रतिनिधि नहुदाँ भूकम्प प्रभावित जिल्लाको दुर्गम ठाँउमा सरकारको उपस्थिति हुनै सकेको छैन् ।
‘जनप्रतिनिधि नहुदाँ सरकारले अहिले भूकम्पबाट क्षतिको यकिन विवरण राख्न सकेको छैन् ।’ युवाहरुको भनाई थियो—‘जनप्रतिनिधि नहुदाँको पीडा यतिबेला देखिएको छ ।’ गाविस सचिवहरु सदरमुकाम केन्द्रीत छन् । हचुवाकै भरमा सूचना दिने र लगत राख्ने प्रवृत्ति देखिदैं आएको छ । यसले झन जटिलता थप्नेमात्रै नभई भूकम्प पीडितले राहत पाउन नसक्ने अवस्था रहेको छ ।
शनिबार गएको विनाशकारी भूकम्पले जिल्लाहरुको बस्ती उजाडिएको छ । सर्वसाधारण घरबार विहीन छन् । सरकारले उद्दार र राहतलाई सँगै लगेको छ । यद्यपी राहत र उद्दार पुग्न नसकेको अवस्था छ । भूकम्पले प्रभावित जिल्लाको बस्तुगत विवरण सरकारले पाउन सकेको छैन् । कुन जिल्लामा कति राहत र उद्दार गर्नुपर्छ भन्ने विवरण नै पाउन नसकेको अवस्था छ ।
गोरखाको बारपाक केन्द्रविन्दु बनाई गएको भूकम्पको कम्पनले कास्कीमा पनि क्षति भएको छ । यद्यपी भौतिक क्षतिको विवरण छैन् । गोरखा बरपाक नजिकैका कास्कीका गाँउहरुमा पनि भौतिक क्षति भएको छ । दुईजनाको निधन भएको छ । विभिन्न संघसंस्थाले आर्थिक तथा खाद्यान्न सहयोग गरेका छन् । नेपाल रेडक्रस सोसाईटी कास्कीले राहत संकलन गर्दै प्रभावित क्षेत्रमा पठाएको छ ।
पाठक प्रतिकृयाहरू