पोखरा-कास्की जिल्ला तेक्वान्दो संघ मातहतको लेकसाइड दोजाङ्गले ड्यामसाइड क्लवलाई १५ थान लाइफ ज्याकेट सहयोग प्रदान गरेको छ । दोजाङ्गद्धारा शनिबार पोखरामा आयोजित एक समारोहका बीच क्लवका उपाध्यक्ष दिपकबहादुर गोदारलाई उक्त लाइफ ज्याकेट हस्तान्तरण गरिएको हो । दोजाङ्ग प्रमुख प्रितम कुँवर, स्विमिङ्गपुल घाटका अध्यक्ष षडानन्द श्रेष्ठ तथा लेकसाइड दोजाङ्गका सहयोगी तारा विक र मनमाया गुरुङ्गले उक्त सामग्री हस्तान्तरण गरेका हुन् । ड्यामसाइड घाटमा पौडि खेल्ने क्रममा केहि व्यक्तिको मृत्यु भएपछि उक्त घाटलाई सुरक्षित पार्नका लागि दोजाङ्गले लाइफ ज्याकेट सहयोग उपलव्ध गराएको हो । 
सोही अवसरमा पेटि परिक्षामा उत्तिर्णा भएका दोजाङ्गका चार जना विद्यार्थीहरुलाई रातो कालो पेटी प्रदान गरियो । कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले सुवोध बस्नेत, सुरज सापकोटा, ममता लामिछाने र जनम अर्याललाई पेटी प्रदान गरेका हुन् । कार्यक्रममा दोजाङ्गले उत्कृष्ट दुई विद्यार्थीहरुलाई जनहि १५ हजार बराबरको छात्राबृत्ति प्रदान ग¥यो । स्व.हजुरबुवा नृपबहादुर र स्व.हजुरआमा लालकुमारी कुँवरको स्मृतिमा आनन्द कँुवरले उक्त छात्रबृत्ति प्रदान गरेका हुन् । दोजाङ्गबाट आम्दानी भएको रकमबाट दोजाङ्ग प्रमुख कुँवरले तालबाराही मन्दिर, फेवाताल संरक्षण समिति र केदारेश्वर मन्दिर व्यवस्थापन समितिलाई १ हजार १ रुपैयाँका दरले सहयोग प्रदान गरे । उक्त रकम साँकेतिक सहयोग भएको बताउँदै कुँवरले अन्य संघसंस्थाले पनि यि संस्थाहरुलाई सहयोग गर्नुपर्ने औल्याए ।
संचारकर्मी दिपेन्द्र पौडेलद्धारा संचालित कार्यक्रममा दोजाङ्गका विद्यार्थी आस्मा सुनारले स्वागत मन्तव्य राखेकी थिइन् । विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । लेकसाइडको टे«कर्स इन लजमा अयोजित कार्यक्रमलाई होटल बाराही र बेञ्जन रेष्टुरेण्टले सहयोग गरेका थिए ।