breaking news

तमु प्ये ल्यु संघद्वारा जस्तापाता वितरण

June 21st, 2015 | by adminabis
तमु प्ये ल्यु संघद्वारा जस्तापाता वितरण
पोखरा र सेरोफेरो
0

पोखरा-तमु प्ये ल्यु संघ पोखराले भूकम्प पीडितलाई जस्तापाता सहयोग गरेको छ । संघ अन्तर्गतको केन्द्रीय आमा समितिले तनहुँको फिरफिरेका भूकम्प पीडितलाई जस्ता पाता वितरण गरेको हो ।

jasta pata help (2)
१ लाख रूपैयाँ बराबरको १४ वण्डल जस्तापाता वितरण गरिएको संघका सचिव ओमबहादुर गुरुङले जानकारी दिए । विभिन्न स्थानमा भूकम्प पीडितलाई सहयोग गर्ने क्रममा शनिबार तनहुँको फिरफिरेमा जस्तापाता सहयोग गरेको आमा समितिका अध्यक्ष पुष्पा तमुले जानकारी दिइन् । अत्याधिक भूकम्प पीडित र यसभन्दा अगाडि जस्तापाता नपाएकाहरुलाई सहयोग गरेको आमा समूहका कोषाध्यक्ष बुद्धिमाया तमुले बताइन् ।

समितिले यस अगाडि भूकम्प पीडितका लागि १ करोड रूपैयाँ बराबरको राहत सामग्री सहयोग गरिसकेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *