पोखरा-घर अगाडि कालोपत्रे पीच छ । दैनिक विभिन्न रंगका सवारी आवात जावात गरिरहन्छन् । बसभित्र सर्वसाधारणको चाप पनि उत्तिकै हुन्छ । पोखरा हुँदै धौलागिरी अञ्चलका विभिन्न सदरमुकाम हुदैं अन्यसम्म पुग्छन् । हजारौ सर्बसाधरण बाग्लुङ, पर्वत, मुस्ताङ लगायत म्याग्दीका विभिन्न स्थानबाट पोखरा आउने र जाने गर्दछन् । तर आकाशको फल आखाँ तरी मर भनेझैँ भएको छ कास्कीका तीन गाविसबासीलाई ।
लुम्ले ढिकुरपोखरी र सल्यानबासीलाई सडक यतिबेला हर्ष न विस्मात झैं भएको छ । भूपी शेरचन राजमार्गले बीचैबाट चिरिएका ती गाविसका स्थानीयहरु भने पोखरा आउन र आफ्नो गाँउ फर्कन निकै सास्ती व्यहोरेका छ । सर्बसाधरणका लागि न त बस संचालक समितिले टिकट नै दिन्छ । टिकट नपाएपछि उनीहरु सिटमा बस्न पाउने कुरै पनि भएन । फलस्वरुप टाढा टाढाका यात्रुहरुले सिट भरिन्छन् । सिट बेगर उभ्भिएर जाँदा आउदाँ प्रहरीले झरालिदिन्छ । सीट बेगरमा यात्रु चढाउन पाइदैन भन्दै प्रहरीले ओराल्छ । त्यसपछि आफ्नो घर छेऊबाटै जाने आउने यात्रुबाहक बसमा पनि उनीहरु यात्रा गर्न पाउदैनन् ।
शनिबार ढिकुरपोखरी घरमा जादै गरेका रमेशराज भण्डारीले यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरी दुबै मिलि यात्रुलाई दुख दिइरहेको बताए । ‘नयाँपुलदेखि उता पर्बत, बाग्लुङ र म्याग्दी क्षेत्रलाई मात्रै टिकट दिने अनि हामीले नपाएपछि उभिएर यात्रा गनुप¥यो । उभिएकै कारण प्रहरीको तारोमा परिन्छ ।’ उनको गुनासो थियो—‘उनीहरुले बीच बाटोमा अलपत्र पारी ओरालीदिन्छन् अनी हामी के गर्ने, निकै चिन्ता लाग्ने गरेको छ । नत्र महग्गो शुल्क तिरी ट्याक्सीमा जानु प¥यो हैन भने डेढ दुई लाख खर्चेर मोटरसाइकल किन्नु बाहेकको अन्य बिकल्प हामीसँग रहेन ।’
टिकट काउन्टरका एक कर्मचारीले मुख्य समस्या प्रहरीले गराएको बताए । प्रहरीले ‘की त्यस क्षेत्रमा जाने आउने छुट्टै यातायातको ब्यबस्था गरिदिनुपर्ने होइन भने बिकल्प नभएसम्मको लागि त्यस क्षेत्रका सर्बसाधरणलाई पनि पृथ्बी र धौलागिरीका संचालनमा आइरहेका बसहरुले नै सेवा दिन पाउनुपर्ने माग ती कर्मचारीको थियो । सिट बेगर चार, पाँच जना यात्रु बसमा चढाए बापत आफुहरुले करिब दुई सय रुपैयाँ भाडा प्राप्त गर्ने तर त्यसैको निहूँ बनाई प्रहरीले एक देखि दुई हजारसम्म जरिवाना गर्दा आफुहरुको व्यवसाय पनि धरापमा पर्दै गएको स्वंयम् यातायातका कर्मचारीहरु बताउछन् ।
यो समस्याप्रति शीघ्र प्रहरी प्रशासन र बस संचालक समितिको ध्यान जानुपर्ने शनिबार हेमजा स्थित म्याग्दीचोकमा प्रहरीको चेकजाँच पछि अलपत्र बनेका लेखनाथ निवासी गौतम अधिकारी बताउँछन् । उनी व्यक्तिगत कामको सिलसिलामा काँडे तर्ष जाँदै थिए । यदि यस्तै समस्या लामो समयसम्म रहिरहे सडक बन्दसम्मको अप्रिय कदम आफुहरुले उठाउन बाध्य हुने ढिकुरपोखरी–७, मराँचेकी बिकला पौडेलले बताइन् । उनले भनिन् —‘हामी अन्धा छैनै, हाम्रा आँखामा पट्टी बाधिएको छैन । प्रहरीले सुर चले चेकजाँच गर्दछन्, कहिले त खचाखच गाँडी पनि त्यतिकै छाडिदिन्छन् ।’
तस्विर पनि छ ।
पोखरा–बाग्लुङ राजमार्ग अन्र्तगत हेमजाको म्याग्दीचोकमा शनिबार बिहान अलपत्र परेका यात्रुहरु ।
जनजाति महासंघको बैठकमा तोडफोड
७ चैत, पोखरा । व्यक्तिगत फाइदाका लागि आदिवासी आन्दोलनलाई धोका दिएको भन्दै सभासद्वय आदिवासी जनजाति महासंघका अध्यक्ष नागेन्द्र कुमाल र महासचिव पेम्बा भोटेमाथि आफ्नै युवा तथा विद्यार्थी कार्यकर्ताले हातपातको प्रयास गरेका छन् ।
जनजाति महासंघको संघीय परिषदको बैठक पोखराको लुम्ले कृषि विकास अनुसन्धानको हलमा चलिरहेका बेला बैठक कक्षमै तोडफोड भएको छ । महासंघका नेताहरु पोखरामा भेला भएको थाहा पाएपछि कुमाल र भोटेसँग रुष्ट युवा तथा विद्यार्थी नेताहरु आदिवासी जनजाति युवा महासंघका केन्द्रीय उपाध्यक्ष राम थापाको नेतृत्वमा बैठक स्थलमा पुगेका थिए ।
महासंघका पदाधिकारीहरुलाई भेट्न खोज्दा समय नदिएपछि उनीहरु बन्दसत्र चलिरहेको हलमै प्रवेश गरेका थिए । युवाहरु एक्कासी हलमा प्रवेश गरेपछि बैठक कक्षमा केहीबेर हल्लाखल्ला भयो । महासंघका अध्यक्ष नागेन्द्र कुमालको अनुमति नलिई बैठक कक्षमा प्रवेश गरेका युवाले तोडफोड गरे ।
असन्तुष्ट थापाले भने ‘नागेन्द्र दाइले हाम्रो कुरा सुन्नुको साटो सिस्टमको कुरा गर्नु भो । उहाँले चाहिँ कुन सिस्टम पालना गर्नुभएको छ ।’
तोडफोडका क्रममा कुमाल र पेम्बामाथि हातपातको समेत प्रयास भएको बैठकका एक सहभागीले बताए । केहीबेरको तनावपछि कुमालले आफ्नो शब्द सच्याएपछि युवाहरुले ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा कुमाल र भोटेलाई सभासद वा महासंघकोमध्ये एक पद छाड्न माग गरिएको छ । साथै कुनै एक दलको पछि लागेर जनजाति आन्दोलनलाई नतुहाउन चेतावनी दिएका छन् । कुमाल कांग्रेस र भोटे एमालेको कोटामा सभासद भएका छन् र उनीहरुले पद्मरत्न तुलाधरको नेतृत्वमा सुरु भएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनमा सहभागिता जनाएका छैनन् ।
जनजाति युवा महासंघका केन्द्रीय उपाध्यक्ष थापाले महासंघका नेतृत्वले आन्दोलनका कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएको बताए । ‘उहाँहरुले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्छौं । सबै जनजाति आन्दोलनकै पक्षमा हुन्छौं’ भनेर प्रतिवद्धता जनाएपछि हामी फर्कियौं’ उपाध्यक्ष थापाले भने । संघीय परिषदको बैठकमा आर्थिक र सांगठनिक प्रतिवेदन पेश भएको छ । जातीय संगठनका एक महिला र एक पुरुष सहभागी बैठकमा आदिवासी जनजाति आन्दोलन अर्को एजेण्डा छ ।
पाठक प्रतिकृयाहरू