पोखरा
वैशाख १२ गतेको महाभुकम्प पश्चात भएको क्षती र त्यसले पारेको प्रभाव वाट पाठ सिक्दै आगामी दिनमा गरिने निर्माण कार्यहरु भुकम्पिय मैत्री हुनुपर्ने कुरामा पोखरामा आयोजित एक कार्यक्रममा प्राविधिकहरुले जोड दिएका छन । नेपाल संधै भुकम्पको जोखिममा रहेकोले पनि त्यस संग जुध्न संधै तयार हुनु पर्ने र नविनतम प्रविधीहरुलाई आत्मसात गर्नु पर्ने वताए ।
शहरका धेरै जसो भुभागहरु वढ्दो जनघन्त्वका कारण समाप्त हुँदै गइरहेको विषयमा चिन्ता व्यक्त गर्दै कार्यक्रममा घर निर्माणका लागि चाहिने आवश्यक मापदण्ड पुरा गर्न समेत सहभागिहरुले जोड दिए । कार्यपत्र प्रस्तुत गर्दै ई. सुर्य भक्त साङ्गाच्येनले हाल नेपालमा २४ नगरपालिकामा भवन आचार संहिता विपरित भवन निर्माण गरिएको जानकारी गराउँदै करिव ८० प्रतिशत घरहरु जोखिममा रहेको वताउनु भयो । प्रत्येक वर्ष २५ हजार घरहरु थपिंदै आएको र शुरक्षित घर निर्माणका लागि सवै सचेत वन्न आग्रह गर्नु भयो ।
पोखराका छ वटा रोटरी क्लव, काठमाडौका दुई, भुकम्पकालागि कार्यरत एनसेट, सेकोन पोखरा र इन्जिनियरहरुको संस्था स्काफले पोखरामा एक संयुक्त कार्यक्रम गरि भुकम्पिय मैत्री शहर निर्माणका लागि सात वुंदे घोषणा पत्र जारि समेत गरेका छन । घोषणा पत्रमा नेपालका १४ जिल्लामा भुकम्पले पारेको जोखिम र सांस्कुतिक सम्पदाहरुको क्षतीको यथा सिघ्र पुर्ननिर्माणमा जोड दिइएको छ ।
घोषणापत्रमा सम्पुर्ण सामाजिक संघ संस्था, इन्जिनियर, प्राविधिक तथा परामर्शदाताहरु नेपाल सरकार संग हातेमालो गर्दै भुकम्प मैत्रि शहर निर्माण गर्ने अभियानमा एकजुट हुन आह्वान गर्दै पुर्ननिर्माणकालागि वैज्ञानिक तरिका अवलम्वन गर्न अभिप्रेरित गर्न भनिएको छ ।
सो कार्यक्रममा भुकम्पको जोखिम न्युनिकरणका लागि चार वटा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो । आर्किटेक्चर वावुराम वराल, इन्जिनियर वदनलाल न्योच्योन, इन्जिनियर सरोज वस्नेत र इन्जिनियर सुर्य भक्त साङ्गाच्येनले विविध विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा रोटरी इन्टरनेशनलका ३२९२ डिष्ट्रिकट गर्भनर ई. केशव कुवर, पुल्चोक इन्जिनियरिङ्ग कलेजका पुर्व डिन प्रा. डा. भरत राज पाहारी, क्षेत्रिय सह प्रशासक दिवाकर वास्तोला, रोटरी फिस्टेलका अध्यक्ष तेज गुरुङ्ग, स्काएफका अध्यक्ष ई. हरेराम श्रेष्ठ, ई. किशोर श्रेष्ठ लगाएतले वोलेका थिए ।
पाठक प्रतिकृयाहरू