breaking news

निष्पक्ष छानविनको आग्रह

August 19th, 2015 | by adminabis
निष्पक्ष छानविनको आग्रह
Uncategorized
0

पोखरा

कास्की लेखनाथका कांग्रेस नेता रामजी पौडेल ‘वादल’ को हत्या गरी फरार भनिएका तीन अझै पक्राउ परेका छैनन् । गत विहिवार रातिको हत्यामा संलग्न भनिएका रवि केसी, प्रकाश गुरुङ र बिश्वास गौतम अझैपनि फरार छन् ।घटना लगतै शुक्रवार पक्राउ परेका राजु रानाभाटको बयानका आधारमा केसी, गुरुङ र गौतमको संलग्नतामा पौडेलको हत्या भएको थियो । घटना छानविनको लागि कांग्रेस लेखनाथका नगर सभापति राजेन्द्रमणी लामिछाने अहिले प्रहरी हिरासतमा छन् । फरार तीनै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ । हत्याको चार दिन बितिसक्दा पहिचान भएका हत्यारालाई पनि प्रहरीले पक्राउ गर्न नसकेको कांग्रेसका एक नेताले बताए ।

कांग्रेसकै दुई गुठ देउवा र कोईराला पक्षबिचको बिबादले हिंसात्मक रुप लिएको स्वयं कांग्रेसकै नेता कार्यकर्ताहरु बताउछन् । देउवा पक्षका पौडेलको हत्या घटनाबारे कोईराला अर्थात् संस्थापन पक्षका भनेर चिनिएका सभासद् जीवन परियार भने गुण्डागर्दीलाई राजनितिक आबरण दिइएको आरोप लगाउछन् ।jiban pariyar

सरकारका मुख्य सचिबलाई सम्मान गर्न मंगलवार पोखरामा आयोजित कार्यक्रममा राजनितिक प्रतिस्पर्धाकै आधारमा कांग्रेस नेताको हत्या भएकाले घटना छानविनको लागि एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले आग्रह गरे । ‘लोकतान्त्रिक पद्धतिमा जसलाई पनि स्वतन्त्र रुपमा राजनितिक प्रतिस्पर्धामा उत्रने अधिकार छ,’ उनले भने ‘ तर कास्कीमा राजनितिक प्रतिस्पर्धाकै कारण एक जना नेताको हत्या भएको छ ।’ निश्पक्ष छानविनको लागि स्थानिय प्रशासनलाई निर्देशन दिन उनले आग्र समेत गरे ।

त्यसपछि आफ्नो पालोमा बोल्न उठेका सभासद् जीवन परियारले घुमाउरो पारामा अहिले हिरासतमा रहेका लामिछानेको बचाउ गरे र सञ्चारमाध्यम र पत्रकारलाई उल्टै चुनौती दिए । संस्थापन पक्षका मानिएका उनले अर्को पक्षका नेताको हत्याबारेको संबेदनशिलतालाई ख्यालै नगरि भने ‘ निर्दोष पक्राउ पर्नुभएन र दोषी छुट्नु भएन । ’उनले थपे ‘ अहिले जे जस्तो समाचार बाहिर आईरहेका छन् ,कसैको राजनितिक भविश्य सिध्याउने खेल भैरहेको छ , त्यस्ता पत्रकारलाई चुनौति दिन चाहन्छु । ’ उनले नगर सभापति लामिछाने पक्राउ परेकोबारे सञ्चार माध्ययममा आएका समाचार प्रतिको आक्रोस पोखेका हुन् ।पत्रकारले भ्रामक समाचार फैलाएको उनले आरोप लगाए ।

नगर सभापतिमा आगामी कार्यकालको लागि देउवा पक्षका भनिएका नारायण तिवारीले दावेदारी प्रस्तुत हुनु र उनलाईनै तालचोकमा आक्रमण गर्नु अनि सोहि ब्यक्तिहरुको संलग्नतामा पौडेलको हत्या हुनुलाई रहस्यमय रुपमा हेरिएको छ । सोहि घटनाको आधारमा हत्यापछि कांग्रेस कार्यकर्ताले लामिछानेलाई पक्राउ नगरेसम्म शब उठाउन नदिने अडान लिएकाले प्रहरीले बल प्रयोग गरी शब उठाउनुपरेको थियो । देउवा पक्षका पार्टी भित्रकै नेता कार्यकर्ताको दवावपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।हिरासतमा रहेका लामिछानेले दोषी देखिए आफु जस्तोसुकै कारबाही भोग्न तयार रहेको भेट्न गएका नेता कार्यकर्तामाझ बताउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *