breaking news

निसास्सिएर एकै परिवारका चारको मृत्यु

December 31st, 2015 | by adminabis
निसास्सिएर एकै परिवारका चारको मृत्यु
पोखरा र सेरोफेरो
0

आविष्कार संवाददाता
पोखरा /घरभित्रै निसास्सिएर एकै परिवारका चार जनाको ज्यान गएको छ । पोखरा १४ चाउथे स्थित प्रगतिटोलमा आगलागीबाट निस्किएको धुवाँमा निसास्सिएर चार जनाको ज्यान गएको हो ।room-640x430

स्थानीय मानबहादुर रानाको घरको एउटा कोठामा बिद्युत सट भई आगलागी हुदा निसास्सिएर रानाकी श्रीमती ३६ बर्षिय सीता , छोरा ११ बर्षका सिमान्त, सीताकी आमा स्याङजा मल्याङकोटकी ५५ बर्षिया गंगाकुमारी फाल र दिदीकी छोरी स्याङजा वालिङकी २८ बर्षिय वसन्ती मगरको ज्यान गएको हो ।

प्रहरी निरिक्षक वेदप्रकाश जोशीका अनुसार राति बिद्युत सट भएर एउटा कोठामा आगलागी भएपछि अन्य कोठामा सुतेका उनीहरुको ज्यान गएको हो । दुई तले घरको माथिल्लो तलामा रहेको सिटिङ रुममा आगलागी भएपछि त्यसबाट निस्केको धुवाँले निसास्सिएर त्यहा रहेका सबैको ज्यान गएको जोशीले बताए ।
झ्याल, ढोका पुरै बन्द गरेर सुतेकाले धुवाँ निस्कने ठाँउ नहुदा उनीहरुको ज्यान गएको हो । मान बहादुर भने वैदेशिक रोजगारीको लागि ईजरायलमा छन् । राति कति वेला बिद्युत सट भएर आगलागी भयो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

भुई तलामा बस्नेहरुले बिहान माथिल्लो तलाबाट धुवा निस्किएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । विहान ६ बजे प्रहरी पुगेर झ्याल ढोका फोडेर हेर्दा सबै मृत भेटिएका थिए । आगलागीबाट एउटा कोठा पुरै जलेको छ । ‘एउटा कोठा मात्रै पुर्ण रुपमा जलेको छ , अन्य कोठामा धुवाँ मात्रै थियो, ’ उनले भने ‘धुवा जानसक्ने गरी झ्याल खुल्ला राखेको भए उनीहरुको ज्यान बच्न सक्थ्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *