breaking news

नेपाली काग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्या तरुणदलकका कार्यकर्ता पक्राउ, हत्याको विरोधमा पृथ्वीराजमार्ग अवरुद्ध

August 14th, 2015 | by adminabis
नेपाली काग्रेस कास्कीका नेता रामजी पौडेल बादलको हत्या तरुणदलकका कार्यकर्ता पक्राउ, हत्याको विरोधमा पृथ्वीराजमार्ग अवरुद्ध
पोखरा र सेरोफेरो
0

पोखरा

नेपाली काग्रेस कास्कीका नेता रामजी पौडेल “बादल”को बिहीबार राती हत्या भएको छ । लेखनाथ नगरपालिका वडा नं. १ पावरहाउस निवासी पौडेलको बिहीवार राती हत्या गरी फालेको अवस्थामा शुक्रबरा विहान शव भेटिएको हो । देउवा पक्षीय  पौडेलको नेपाली काग्रेस निकटका समूहले हत्या गरेको बताइएको छ । पौडेलको शव लेखनाथ नगरपालिका वडा नं. १२ गगनगौंडामा पृथ्वीराजमार्ग नजिक भिरबाट फालेको अवस्थामा भेटिएको छ । हत्यमा तरुण दकका कार्यर्ताको संलग्नता रहेको खुलेको छ । तरुण दलका कार्यकर्ता राजु रानाभाटलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी हरिबहादुर पालले जानकारी दिए । ramji

पार्टीको स्थानीय विवादमा लेखनाथकै काग्रेस नेता लेखनाथ १३— बुद्धिमान गुरुङ्गको घरमा छलफल पछि फर्किएका पौडेल सहितका ३ जनालाई काग्रेसकै संस्थापन पक्षका कार्यकर्ताले गगनगौंडामा बाटो छेकेर कुटपिट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । कुटपिटबाट घाईते भएका लेखनाथ १ सैनिक वस्तीका मनोज गुरुङ्गको मणिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।
नेपाली काग्रेसको महाधिवेशन नजिकिदै जाँदा काग्रेसका कार्यकर्ता बीच क्रियाशिल सदस्यता लगायतका विषयमा स्थानीयस्तरमा विवाद देखिएको थियो । एकसाता अघि लेखनाथको तालचोकमा देउवापक्षका कार्यकर्ता लेखनाथ नगरपालिकाका वडा नं. ९ का नारायणहरि तिवारीलाई संस्थापन पक्षका विश्वास गौतमले हातपात गरेका थिए ।

तिवारीलाई हातपात गरेको अवस्थामा पौडेल लगायतले छुट्टाएका थिए । तिवारीलाई देउवा पक्षले नगर सभापतिमा उम्मेदवारी दिने तयारी गरेको थियो । सोही विवाद मिलाउन पौडेल, तिवारी र  मनोज गुरुङ्ग स्थानीय नेता वुद्धिमान गुरुङ्गको घरमा पुगेका थिए । त्यहाँ कुरा मिल्न नसकेपछि पौडेल, गुरुङ्ग र तिवारी घर फर्कने क्रममा उनीहरुमाथि गगनगौंडामा आक्रमणमा परेका थिए । पौडेल र मनोज गुरुङ्ग एउटा मोटरसाइकलमा र नारायणहरी अर्को मोटरसाइकलमा फर्किएका थिए । पहिला नारायणहरी माथि आक्रमण भएको र पछि पौडेल र मनोज माथि आक्रमण भएको थियो । पौडेललाई अन्यत्र लगि हत्या गरेर त्यहाँ फालिएको हुन सक्ने आंशका गरिएको छ । Pokhara-Strike-5
घाईते गुरुङ्ग उपचार पछि अहिले वडा प्रहरी कार्यालय लेखनाथ बरालथरमा रहेको रहेका छन् । उनीसँग घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न भएको आंशकामा गाडीमा आगजनी
पौडेलको हत्यामा संलग्न भएको भन्दै स्थानीय आक्रोशित भिडले लेखनाथ १२ का विश्वास गौतमको गाडीमा आगजनी गरिदिएका छन् । गौतमको बा १३ च ३२८० नम्बरको मारुती सुजुकी कारमा आगजनी गरेका हुन् । आगजनीबाट गाडी पूर्ण रुपमा क्षति भएको छ ।
पृथ्वीराजमार्ग अवरुद्ध

साथै स्थानीय र मृतक पौडेलका आफन्त तथा नेपाली काग्रेसका कार्यकर्ताले दोषी माथि कारवाही र कडा सजाय हुनु पर्ने माग गर्दै विहानै देखी पृथ्वीराजमार्ग अवरुद्ध गरेका छन् । उनिहरुले गगनगौडामा सडकमा टायर तथा ढुंगा राखेर सडक अवरुद्ध गरेका हुन । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । यसैविच घटनामा संलग्न भएको आंशकामा प्रहरीले राजु रानाभाटलाई पक्राउ गरेको बताएको छ । घटनामा संलग्नताको आंशकामा अन्य तीन जनालाई प्रहरीले खोजी गरीरहेको बताइएको छ । Pokhara-Strike-8

रामजी पौडेल बादल नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा कास्की जिल्ला सभापति हुन । उनी देउवा निकटमा रहेर लेखनाथ काग्रेसको राजनीतिमा सक्रिय रहेका थिए । सधै हसिलो देखिने कालो टोपी र कालै चस्मा लगाएर हिड्ने पौडेल संस्थापन तर्फका कार्यकर्ताका समेत प्रिय थिए । साथी भाई भेट्यो की जय नेपाल भन्दै सम्वोधन गर्ने र हास्ने स्वभावका थिए, ।
कार्यकर्तालाई संयमित रहन कास्की काँग्रेसको आह्वान

नेपाली काँग्रेस कास्कीले नेता रामजी पौडेल ‘बादल’को हत्याको घटनालाई लिएर संयमित रहन आफ्ना कार्यकर्ताहरुलाई आह्वान गरेको छ । शुक्रबार पार्टीको तर्फबाट कास्की काँग्रेसका सचिव युवराज कुँवरले प्रेस विज्ञप्ती जारी गर्दै कार्यकर्ताहरुलाई संयमित हुन आग्रह गरेका हुन् ।

नेपाली काँग्रेस कास्कीका पुर्व जिल्ला सदस्य, पुर्व महाधिवेशन प्रतिनीधि तथा नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रामजी पौडेल ‘बादल’को हत्याको कारण नेपाली काँग्रेस कास्की स्तब्ध भएको समेत प्रेस विज्ञप्तीमा उल्लेख छ । साथै उसले ‘बादल’ हत्याको कारणले नेपाली काँग्रेसलाई अपुरनीय क्षती पुगेको बताएको छ । pokhara-relatives-of-ramji-paudel

‘रामजी हत्यामा संलग्नलाई यथाशिघ्र पक्राउ गरी कडा कारबाहि गर्न कास्की काँग्रेसले जोडदार माग गर्दछ ।’ प्रेस विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *