breaking news

नेयमार, जाबी र पिकेलाई नेपाली ढाका टोपी उपहार, जावीले भने—म एक दिन अवश्य नेपाल आउने छु

April 11th, 2015 | by adminabis
नेयमार, जाबी र पिकेलाई नेपाली ढाका टोपी उपहार, जावीले भने—म एक दिन अवश्य नेपाल आउने छु
खेलकुद
0

काठमाडौं—बिश्वका चचिर्च फुटवल खेलाडीहरूले नेपाली ढाका टोपी लगाउँदै नेपाल आउने इच्छा देखाएका छन्र । बासिर्सोनाको फुटबल क्लवबारे बनाउन लागि वृत्तचित्रका लागि कुरा गर्दै बासिर्सोनाका खेलाडीहरुले नेपाल आउने इच्छा ब्यक्त गरेका हुन् । कप्तान जावी हर्नान्डेज, ब्राजिलबाट विश्वकप फुटवलमा खेलेका चचिर्च स्ट्राइकर नेयमार तथा जेरार्ड पिकेले नेपाल आउने इच्छा देखाएका हुन् । कप्तान जावीले आफू एक दिन नेपाल जाने बताए । बृतचित्रलाई दिइएको अन्तरर्वार्र्तामा जावीले भने— हेल्लो नेपाल, बार्सालाई माया गर्दै गर्नु होला—म एक दिन अवश्य नेपाल आउने छु ।”barsa-2
एउटा फुटबल खेलाडीले जित्नु पर्ने सबै ट्रफी जित्दा तपाईलाई कस्तो लागेको छ ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले गरेको कडा मेहनत र परिश्रमले नै सफलता हात परेको छ ।’ यस्तै डिफेन्डर जेरार्ड पिकेले यो सिजनमा बासिर्सोनाले सबै टाईटल जित्नेमा आफू विश्वस्त रहेको बताए । भिडियो अन्तरबार्तामा उनले आफू पनि नेपाल जान ईच्छुक रहेको बताए । यस्तै ब्राजिलका चचिर्च खेलाडी नेयमारले पनि ‘हेल्लो नेपाल’ भन्दै एक दिन नेपाल टेक्ने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

बार्साका खेलाडीलाई नेपाली ढाका टोपी

बासिर्सोना फुटबल क्लबबारे डकुमेन्ट्री बनाउन स्पेन आएका पत्रकार किरण मरहठ्ठाले खेलाडीहरुलाई भेट गरी उपहार स्वरूप ढाका टोपी लगाइदिए ।कप्तान जावी हर्नान्डेज, नेयमार, जेरार्ड पिके, र्या्किटिक लगायतका खेलाडीहरुलाई मायाको चिनो स्वरूप ढाका टोपी प्रदान गर्दै नेपाल भ्रमणको निम्तो पनि दिए । बासिर्सोना फुटबल क्लबकै निमन्त्रणामा नाउ क्याम्पमा आएका मरहठ्ठाले क्लबका प्रेसिडेन्ट जोसे मारियो बर्तमाउसँग पनि डकुमेन्ट्रीका लागि अन्तरवार्ता लिए । जोसेले ब्यबसायिक रुपमा भन्दा पनि सामाजिक प्रतिष्ठाको नीति क्लबले लिएको उल्लेख गरे । लिओनल मेस्सी जस्ता खेलाडीहरु क्लबमा हुनु नै आफूहरु उत्कृष्ट भएको उनले बताए ।

बासिर्सोना क्लबबारे डकुमेन्ट्री बन्ने
विश्वकै चचिर्च फुटवल क्लव बासिर्सोनाबारे डकुमेन्टी निर्माण गरिने भएको छ । पत्रकार मरहठ्ठाका अनुसार क्लबको प्रेस हेडसँग निरन्तर चार वर्षको सम्पर्कपछि मात्र आफूलाई आमन्त्रण गरेको बताए । उनले भने, “झन्डै ३ वर्ष जति क्लबले मेरो प्रस्ताव अस्विकार गर्यो तर डकुमेन्ट्रीका लागि मात्र भन्दै करिब ४ वर्ष पुग्न लाग्दा स्विकार गरेको हो । उनले करिब २ हप्ता नाउ क्याम्पमा पुगेर ट्रेनिङ्ग सेन्टर, लामासिया एकेडेमीका दृश्यहरु पनि खिचेका छन् । शुरुवातमा सोही एकेडेमीबाट नै मेस्सीलाई प्रशिक्षण समेत दिईएको थियो ।
मे महिनाको अन्तिम सम्म डकुमेन्ट्री तयार भई सक्ने पत्रकार मरहठ्ठाले बताए । मरहठ्ठा नेपालको एबिसी टेलिभिजनमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *