breaking news

पत्रकार कृष्णमणिसहित ३ सम्मानित, रेबान अध्यक्षमा गुरुङ

September 3rd, 2016 | by adminabis

आविष्कार संवाददाता
पोखरा, 

पत्रकार कृष्णमणि बराल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराबाट सम्मानित भएका छन् । फोटो पत्रकारिताको माध्यमबाट पोखराको पर्यटन विकासमा योगदान पु¥याएको भन्दै रेवानले २२ औं साधारणसभा तथा १२ औं अधिवेशनमा सम्मानित गरेको हो ।

२०५५ सालमा स्वतन्त्र पत्रकारिता थालेका कृष्णमणि समाधान दैनिकको स्थापना कालको संवाददाता हुँदै अहिले अन्नपूर्ण दैनिकमा आवद्ध छन् । पश्चिमाञ्चल क्षेत्रीय प्रकाशक गोपिनाथ मैनाली र रेवान अध्यक्ष गोपी भट्टराईले २५ हजार १ सय रुपैयाँ र सम्मान पत्र बराललाई प्रदान गरे । पोखरालाई कार्यक्षेत्र बनाई क्रियाशील बराल हिमदुत पत्रकारिता पुरस्कार, राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार, डब्लुडब्लुएफ मिडिया कन्जरभेसन अवार्ड सहारा खेलकुद पत्रकारिता पुरस्कार, गिद्ध संरक्षण पुरस्कार लगायत दर्जन पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
सम्मानपछि पत्रकार बरालले पर्यटन विकासमा व्यवसायी एक भएर लाग्नुको विकल्प नभएको बताए । पर्यटनको क्षेत्रका क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने सुरुवात भएको भन्दै यसलाई निरन्तरता दिन बरालले आग्रह गरे ।rewan-pic

यसैगरी पर्यटन विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पोखरा पुनर्जागरण समितिका संयोजक गणेश भट्टराई र पोखराको सफाइ तथा सुशासनमा सहयोगी भूमिका निर्वाह गरेको भन्दै नागरिक समाज पोखराका संयोजक तथा फिर्के–बुलौदी सफाइ अभियानका संयोजक रामबहादुर पौडेल पनि सम्मानित भएका छन् ।

सम्मानपछि बोल्दै पर्यटनकर्मी गणेशबहादुरले पोखराको पर्यटन विकास र प्रवद्र्धनमा विभिन्न संघसंस्थाको समन्वयकारी भूमिका आवश्यक गरेको बताए । ‘फेवाताल सफाइदेखि सामाजिक उत्तरदायित्वका कामहरु गर्न व्यवसायी अग्रसर हुनैपर्छ,’ भट्टराईले भने, ‘पर्यटन क्षेत्रलाई व्यवस्थित र समस्या हल गर्न सरकारी निकायको सहयोग पनि खड्किरहन्छ ।’ नागरिक समाजका अध्यक्ष रामबहादुरले पोखरालाई व्यवस्थित गर्न, सार्वजनिक जग्गाको संरक्षण र पोखरालाई सफा राख्न व्यवसायीको विशेष भूमिका हुनुपर्ने बताए ।

रेष्टुरेण्ट एण्ड वार एशोसिएशन पोखराको अध्यक्षमा गुुरुङ

रेष्टुरेण्ट एण्ड वार एशोसिएशन पोखरा रेवान पोखराको अध्यक्षमा चौ वहादुर गुुरुङ चयन भएका छन । शुक्रबार सम्पन्न २२ औ साधारण सभा तथा १२ औ अधिवेशनले चौ वहादुर गुरुङको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको हो । शुक्रबार सम्पन्न अधिवेशनले रेवानको प्रथम उपाध्यक्ष भीमसेन भुजेल, द्धितिय उपाध्यक्ष लक्ष्मण बराल, महासचिव विश्व राज पौडेल, कोषाध्यक्ष योगेश भट्टराई, सह सचिवमा गणेश बहादुर थापा र सह कोषाध्यक्षमा बैभव पौडेल चयन भएका छन । त्यसैगरी सदस्यहरुमा निरन्जन ढकाल, बसन्त गौतम, विष्णु बानिया, दोर्जे लामा र नरेश भट्टराइ चयन भएका छन । समितीको निवर्तमान अध्यक्ष गोपी बहादुर भट्टराइ रहेका छनभने समितीमा दुइ जना सदस्य पछि मनोनयन गर्ने रेवान पोखराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *