breaking news

पालिखेलाई युवा उद्यमी प्रोत्साहन पुरस्कार

July 7th, 2015 | by adminabis
पालिखेलाई युवा उद्यमी प्रोत्साहन पुरस्कार
पोखरा र सेरोफेरो
0

पोखरा-पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव, पोखरा युवा उद्यमी मञ्चका अध्यक्ष तथा पोखराका युवा व्यवसायी प्रकाशदेव पालिखे नेपाल सरकार खेलकुद मन्त्रालयबाट प्रदान गरिने ‘युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार–२०७२’बाट सम्मानित भएका छन् । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पालिखेलाई सम्मान गरेका हुन् ।Prakash Dev Palikhe

नेपाली युवाहरुमा सिर्जनशीलता, उद्यमशीलता र सकारात्मक सोच प्रभावित गर्न महत्वपूर्ण योगदान पु¥याएकाले सरकारले पालिखेलाई सम्मान गरेको हो । ‘युवा उद्यमी मञ्च पोखराको नेतृत्वमा रही नेपाली युवालाई उद्यमशील बन्न प्रेरित गरी पु¥याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मानित गरिएको’ सम्मानपत्रमा लेखिएको छ ।

युवा उद्यमशीलताको क्षेत्रमा काम गर्नका लागि पुरस्कारले थप प्रेरणा मिलेको पालिखेले बताए । ‘पुरस्कारले मलाई थप जिम्मेवारी प्रदान गरेको महशुस भएको छ,’ उनले भने, ‘युवा उद्यमशीलताको क्षेत्रमा उत्साहित भएर काम गर्नका लागि अझ बढी जिम्मेवारी थपिएको आभास भएको छ ।’ गत कात्तिकबाट युवा उद्यमी मञ्च पोखराको नेतृत्व सम्हालेका पालिखे युवा व्यवसायीहरुमाझ लोकप्रिय छन् । युवा उद्यमशीलताको विकासका लागि उनको नेतृत्वमा पोखरामा थुप्रै कार्यक्रमहरु सफल भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *