breaking news

पुम्दीभुम्दीलाई पूर्ण खोप सुनिश्चित घोषणा

May 8th, 2015 | by adminabis
पुम्दीभुम्दीलाई पूर्ण खोप सुनिश्चित घोषणा
पोखरा र सेरोफेरो
0

वैशाख २५, पोखरा -पोखरा उपमहानगरपालिका–२५ लाई शुक्रवार पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सागरप्रसाद घिमिरले साविक पुम्दीभुम्दी गाविसलाई पूर्ण खोप सुश्चित वडा घोषणा गनुृभएको हो ।  सोहि अवसरमा पुर्ण साक्षरता वडा पनि घोषणा गरियो ।
पोखरा–२५ का वडासचिव  एकप्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रतिनिधी राज बहादुर गुरुङ, एमालेका झलकप्रसाद बराल, एकिकृत माओवादीका नवराज बराल, रेडक्रस उपशाखाका मातृका प्रसाद बराल, वडा नागरिक मञ्चका अध्यक्ष मित्रलाल बराल, रेडक्रस कास्कीका उपमन्त्री उर्मीला खड्का, समाजसेवी हिमलाल बराल, विद्यालय व्यवस्थापनको तर्फबाट क्या. दिलकाजी गुरुङ, शुक्रराज उच्च माविका प्रचार्य नरनाथ बराल, सहायक जिल्ला शिक्षा अधिकारी गगनसिंह थापा मगर, डब्लुएचओका डा. उषा किरण पराजुली, स्वयंसवेवक निर्मला गुरुङ लगायतले बोल्नुभएको थियो ।Purna Khop Ward-25
कार्यक्रममा खोपको उदेश्यबारे खोप अधिकृत एकनारायण बरालले प्रकाश पार्नुभएको थियो भने स्वागत स्वास्थ्य चौकी प्रमुख कुश्माराज पौडेलले गर्नुभएको थियो ।
यसअघि सराङ्कोट, काहुुँ, भलाम, पोखरा–१३ र ९, निर्मलपोखरी, कृस्तीनाच्नेचौर, हेम्जा गरि ८ वटा वडा पूर्ण खोप सुनिश्चित वडा घोषणा भइसकेका छन् । पोखरा उपमहानगरपालिकालाई नै पूर्ण खोप सुनिश्चिित वडा घोषणाका लागि जिल्ला जनस्वास्थ्य कार्यालय, कास्की, पोखरा उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी कास्की लागिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *