पोखरा
पर्यटन प्रबद्र्धन संगै व्यापार गर्ने उद्देश्यले नेपालमै पहिलो पटक पोखरामा सञ्चालन भएको जिप फ्लायर विश्वको नै तेस्रो नम्बरमा पर्ने सफल भएको छ । तीन वर्ष आगाडी तीन जना युवा मिलेर एड्भेन्चर मन पराउने पर्यटकहरुलाई लक्षित गर्दै ‘जिप फ्लाएर’ संचालनमा ल्याएका थिए । साहसीक खेलहरुको प्रर्बद्धन गर्न सञ्चालन भएको रेडबुलको अनलाइन संस्करणले जिप फ्लायर गरेका अनुभवका आधारमा तेस्रोमा राखेको हो ।
विश्वका साहसीक ६ वटा जिप फ्लायरमा नेपालको तेस्रो नम्बरमा परेको हो । क्यानाडाको जिपटे«कर पहिलो नम्बरमा रहेको छ भने साउथ अफ्रिकाको जिप टुथाउसेन्ट दोस्रो नम्बरमा छ । तीन वर्ष अगाडी भरत गोल्छा, शरद गोल्छा र अभिनव तिरुवाल मिलेर करिब १३ करोड रुपैँया लगानी गरी जिप फ्लाएर संचालनमा आएको हो । सराङकोटको टुप्पोबाट हेमजाको याम्दीसम्म तानिएको जिप फ्लायरकै केबलमा एकै पटकमा दुई जना झर्न मिल्छ । साहसीक खेलमा विश्वमा नै अगाडी आउँदा प्रर्यटन प्रर्बद्धनलाई सहयोग मिल्ने कम्पनीका अप्रेसन प्रमुख दिनेश मर्हजनले बताए ।
सराङकोटको डाँडाबाट २ हजार फिट तल हुईकिँदै करिब १ मिनेट ३० सेकेन्डमा हेम्जासम्म आईपुग्ने गरि बनाएको जिप फ्लाएर संसारकै सबैभन्दा लामो र अग्लो रहेको कम्पनीले दाबी छ । समुद्री सतहबाट पाँच हजार ३२ फिट अग्लो रहेको सराङकोटबाट ३ हजार फिट तल झर्नका लागि जिप फ्लायरबाट झर्न बढिमा २ मिनेट लाग्छ । गोल्छा अर्गनाइजेसन र मंगलम समुहको लगानी रहेको छ ।