breaking news

पोखराको न्युरोडमा आगलागि, तीन पसल चार मोटरसाईकल ध्वस्त

March 26th, 2015 | by adminabis
पोखराको न्युरोडमा आगलागि, तीन पसल चार मोटरसाईकल ध्वस्त
पोखरा र सेरोफेरो
0

पोखराको न्युरोडमा आगो लागी भएको छ । आगलागीबाट तीन पसल, ४ ओटा मोटरसाइक जलेर नस्ट भएका छन । पोखरा ९ न्युरोडमा रहेको डिआइ फर्म हाउस र डिआइपी फर्नि्सिंग र प्रत्युसा रङ्ग पसलमा आगो लागेको प्रहरीले जनाएको छ । विहान ६ः४५ बजेबाट लागेको आगोले पसलमा पूर्णमा क्षती पुगेको छ ।
तीन ओटा मोटरसाइकल भने पूर्ण रुपमा क्षती पुगेका छन भने ग ६ प २७७७ नम्वरको सिविजेड मोरसाइकल आशिंक जलेको छ । पोखराको ब्यस्त बजार न्यूरोडमा आगोलागी भएपनि दमकल आउन केही ढिला भएको कारण बढि क्षती पुगेको प्रत्यक्षदर्शी ले बताएका छन् ।
fire

आगो निभाउन पोखरा उपहानगरपालिकाका दुई दमकल, नीजि पानी बोक्ने तिन टयांकरले प्रयोग भएका थिए । आगोग नियन्त्रणका लागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानियबासीको प्रयासमा करिव आधा घण्टामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । यामबहादुर गुरुगको घरमा आगो लागेको हो ।
आलागीमा दुई जना घाइते भएका छन् । गोविन्द पराजुली र शर्मिला गुरुङ घाइते भएका हुन् । त्यस्तै माथिल्लो तल्लामा रहेकी ५ वर्षिय बालिका आयुष्का अधिकारीलाई भने प्रहरीले उद्धार गरेको छ । उनकी आमा अनुष्टका अधिकारी बेहोस रहेको र उपचार भैरहेको कास्की प्रहरी प्रवत्ता केदार रौजेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *