breaking news

पोखरामा ‘फिसिङ कम्पिटिसन’ जर्जिया जर्जलाई उपाधि

April 19th, 2015 | by adminabis
पोखरामा ‘फिसिङ कम्पिटिसन’ जर्जिया जर्जलाई उपाधि
पोखरा र सेरोफेरो
0

धन बस्नेत
पोखरा-पोखरामा माछा मार्ने पनि खेलको रुपमा विकसित हुदैै छ । जीवन धान्ने माध्यमको प्रचलित बल्छी हान्ने प्रचनल पछिल्लो समयमा स्पोर्टस टुरिज्मको रुपमा विकास भएको छ । त्यसैले वर्षेनी पोखराका ताल तलैयामा स्वदेशी तथा विदेशीको सहभागितामा ‘फिसिङ कम्पिटिसन’ हुदैं आएको छ । Rupatal Enclosure

नयाँ वर्षसँगै लेखनाथको रुपतालमा पोखराको एंग्लर्स क्लबले बल्छी प्रतियोगिता ग¥यो । प्रतियोगिता यो सातौं सस्करणको थियो । सातौं सस्करणमा स्वदेशीसँगै विदेशीले सहभगिता जनाए । उपाधि समेत विदेशीले नै जिते । तीन घण्टाको समयमा जर्जियाका जर्ज किरेयुलिस्भिलीले साढे छ केजी माछा बल्छीमा पार्दै प्रथम बन्न पुगे ।

सहभागिले दुईवटा आधुनिक फिसिङ रड प्रयोग गर्न पाउने प्रावधान रहेको थियो । नौ जना नेपाली र चार जना बिदेशी गरि जम्मा १३ जना प्रतिस्पर्धिले सहभागिता जनाएका थिए । स्वदेशीलाई पन्छाउँदै आफनो बल्छीमा धेरै माछा पारेर प्रथम स्थान ओगट्दा जर्जले नौलो अनुभव गरेको अनुभूति सुनाए ।

दोस्रो हुने मेजर बालकृष्ण गुरुङ र तेस्रो हुने शैलेष रायमाझीले साढे दुईकेजी माछा बल्छीमा पारेका थिए । उनीहरुले विशेष गरी रहु, नैनी तथा नयाँ प्रजातिको बाली नामक माछा समेत बल्छीमा परेको बताए । क्लबले वर्षेनी विभिन्न तालहरुमा माछाको भुरा समेत छाड्दै आएको सेकेण्ड रनर अफ रायमाझीले बताए । विजेतालाई ट्रफी पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा डा. तेजेश मल्ल र कृष्ण परियारले निर्णायकको भुमिका निभाएका थिए ।

पोखराका तालहरुमा करेन्ट प्रयोग गरेर माछा मार्ने प्रवृत्ति बढेपछि मत्स्य अनुसन्धान केन्द्रले केवल बल्छी मात्रै प्रयोग गर्ने दिने कानूनी प्रावधान ल्याएको छ । फेवातालको निश्चित क्षेत्रमा बल्छीको स्वीकृति लिएर मात्रै बल्छी थाप्न पाईने अनुसन्धान केन्द्रले जनाएको छ । जथाभावी माछा मार्ने प्रचलन न्युनिकरण गर्दै पर्यावरण जोगाउन एग्ंलर्स क्लबले बल्छी थाप्ने अभियानलाई अगाडि बढाएको हो । ‘बल्छी हान्ने प्रतिस्पर्धालाई ‘फिसिङ स्पोर्टस’को रुपमा विकास गर्ने लक्ष्य लिएका छौं ।’ रायमाझीले भने—‘पर्यावरण जोगाउन पनि महत्वपूर्ण भमिका हुने विश्वास क्लबले लिएको छ ।’ 1 2 3

पर्यटन उद्योगलाई समेत प्रवर्धन गर्ने उद्देह्यले स्थानीय एएस ईन्क्लुजर रुपातालको ब्यवस्थापनमा कार्यक्रमको आयोजना गरिएको पोखरा एग्गर्लस क्लब नेपालका अध्यक्ष मेजर बालकृष्ण गुरुङले बताए ।रुपाताल पुनस्थापना तथा मत्स्यपालन सहकारी र एएस ईन्क्लुजरका प्रवन्ध निर्देशक आनन्द साप्कोटा लगाएतको सहयोग रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *