breaking news

पोखरामा हिमालयन एयर फेष्टीवल गरुढा फन २०१५ सुरु पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मन्त्री शेर्पाको सुझाव

September 27th, 2015 | by adminabis
पोखरामा हिमालयन एयर फेष्टीवल गरुढा फन २०१५ सुरु पर्यटन प्रवद्र्धन गर्न अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मन्त्री शेर्पाको सुझाव
पोखरा र सेरोफेरो
0

आविष्कार संवाददाता
पोखरा

नेपाल हवाई खेलकुद संस्था (ना) पोखराको आयोजक पोखरामा शनिबारदेखि अन्ताष्ट्रिय स्तरको हिमालयन एयर फेष्टीवल गरुढा फन २०१५ सुरु भएको छ । आईतबारसम्म संचालन हुने उक्त फेष्टीवलको उद्घाटन गर्दै पर्यटन मन्त्री कृपाशुर शेर्पाले पोखरामा साहासिक खेल गतिविधिले पर्यटन प्रवद्र्धन गरेको बताए । 100_3304

कार्यक्रममा बोल्दै उनले विश्व पर्यटन दिवसको अवसरमा पोखरामा यस्तो फेष्टीवल आयोजना हुनाले पोखरा क्षेत्रमा भूकम्पले गर्दा खासै असर नपरेको सन्देश प्रभाव हुने विश्वास व्यक्त गरे । उनले भने “भूकम्पले गर्दा पर्यटन क्षेत्रमा ठुलो असर पारेको छ, यस्तो अबस्थामा सवै पर्यटन व्यवसायीहरु एक भई नेपाल भूकम्पबाट सुरक्षित छ भन्ने सन्देश दिन यस्तै अन्तराष्ट्रिय स्तरका कार्यक्रम गर्नु पर्दछ ।” यस्ता साहासिक खेल गतिविधिले विदेशी पर्यटकहरुलाई आकषर्ण गनुृका साथै नेपालको पर्यटन प्रवद्र्धन गर्न थप टेवा पुग्ने मन्त्री शेर्पाको भनाई थियो ।

राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका पश्चिमाञ्चल संयोजक गोविन्दराज पहारीले भूकम्पले गर्दा देशमा हाल पर्यटन क्षेत्र द्धन्दकालमा भन्दा खस्केको दाबी गरे । उनले भने “नेपालको पर्यटन क्षेत्र हाल आई.सि.यु. अबस्थामा पुगेको छ, अब यसलाई कसरी बचाउने सरकार र व्यवसायीहरुले सोच्नु पर्ने अबस्था आएको छ ।” भूकम्पबाट थलिएको नेपालको पर्यटन व्यावसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले सेप्टेम्बर २७ तारिख अर्थात विश्व पर्यटन दिवसको अवसरमा पर्यटकहरुलाई लक्षित गरी उक्त कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो ।

विश्व पर्यटन दिवसको अवसरमा आयोजना भएको अन्तराष्ट्रिय स्तरको उक्त फेष्टीवलमा नेपाल सहित ८ राष्ट्रका प्याराग्लाईडीङ, अल्ट्रालाईट र पावर प्याराग्लाईडीङ (प्यारा मोटर) का पाइलटहरुको सहभागिता रहेको नाले जनाएको छ । उक्त फेष्टीवलमा ५ जना नेपाली महिला पाईलट सहित ५५ जना सहभागि भएको नाले जनाएको छ । प्रतियोगितामा भारत, चाईना, रसिया, फ्रान्स, स्लोभाकिया,उजीकिस्तान, ईटली लगायतका राष्ट्रका प्याराग्लाईडीङ, अल्ट्रा लाईट र पावर प्याराग्लाईडीङ (प्यारा मोटर) का पाईलटहरु सहभागि भएको कार्यक्रम संयोजक नतासा श्रेष्ठले बताईन । मिलन सुवेदीले नेपालको राष्ट्रिय झण्डा फहराउदै पोखराको आकासमा प्याराग्लाईडीङ गर्दै आफ्नो कला प्रर्दशन गरेका थिए ।

पोखराको आकाशमा प्याराग्लाईडीङ, अल्ट्रा लाईट र पावर प्याराग्लाईडीङ (प्यारा मोटर) बाट डेमोको रुपमा रंगि विरंगी हुदै विभिन्न भेषभुषामा ध्वजापतका सहित प्रदर्शन नाका कार्यवाहक अध्यक्ष शोवित वानियाले बताए । नेपालमा भूकम्प पछि हाल सामान्य जनजिवनमा फर्किएको सन्देश विश्व सामु दिदै नेपालका अधिकाशं पर्यटकीय गन्तव्य सुरक्षित रहेको र साहासिक खेलको राजधानि पोखरामा खेल गतिविधि भएको समेत यो फेष्टिवलको मुख्य उद्धेश्य रहेको महासचिव वसन्तराज दवाडीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *