आविष्कार संवाददाता -लेखनाथको पचभैयामा निर्माण हुन लागेको पोखरा अन्तराष्ट्रिय चिडियाखाना सिलान्यासको संघारमा पुगेको छ । कास्कीको लेखनाथ नगरपालिका पचभैया जंगलमा निर्माण हुन लागेको चिडियाखाना सिलान्यासको सम्पूर्ण तयारी पुरा भएको पोखरा अन्तराष्ट्रिय चिडियाखाना निर्माण समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा वोल्दै समितीका संयोजक तथा युनाइटेड क्लव पोखराका अध्यक्ष हिमालय बख्रेलले आगामी श्रावणको १५ गते शुक्रबार चिडियाखानको सिलान्यास गरिने वताए । शुक्रबार नेपाल सरकारका बन तथा भु–संरक्षण मन्त्री महेश आचार्यले चिडियाखानाको सिलान्यास गर्ने र त्यसको सम्पूर्ण तयारी पुरा भएको उनको भनाइ रहेको थियो । लेखनाथ नगरपालिका ११, १२ र १४ नम्बर वडामा पर्ने पचभैया सामुदायिक बन उपभोक्ता समुह, चैनपुर सामुदायिक बन उपभोक्ता समुह र चायापानी चिसाकुना सामुदायिक बन उपभोक्ता समुह अन्तर्गत पर्ने १ सय ३४ हेक्टर जमिनमा निर्माण हुन लागेको चिडियाखाना सिलान्यासको एक वर्ष भित्रमा तारवार लगाइ जंगल सफारी सञ्चालनमा ल्याउने र बांकी काम ५ वर्ष भित्रमा सम्पन्न गराईने बख्रेलको भनाइ रहेको छ ।
बख्रेलका अनुसार चिडियाखाना अवलोकनका लागी तारजालीको डोम बनाइ जीवजनावर तथा पंक्षीहरुलाइ खुल्ला छाडिनेछ । चिडियाखानामा बन्यजन्तु प्रदर्शन, संरक्षण शिक्षालाई समावेश गरिनुका साथै विश्वभरकै हावापानीमा पाइने पंक्षी तथा जनावरको कक्ष बनाउने लक्ष राखिएको छ । सामुदायिक बनमा भएको जनावरको संरक्षण गरी अवलोकन गर्न मिल्ने वातावरण बनाएर स्वदेशी हावापानी अनुसारको जीवजन्तुको प्रदर्शनी, बन्यजन्तुलाई उद्धार गर्न र तिनीहरुको स्वास्थ्यलाई ध्यानमा राखी बन्यजन्तुको संरक्षण केन्द्र स्थापना गरी यसलाई सुरक्षित र खुल्ला चिडियाखाना बनाइने भएको छ ।
चिडियाखानामा वाल उद्यान,बल्छी हान्ने पोखरी, डुङगा शयर गर्नका लागी ताल,जंगल सफारी लगायत अतिरिक्त क्रियाकलापलाई समेतटिनुका साथै सांस्कृतिक संग्रहालयको निर्माण गर्ने लक्ष्य राखिएको छ । रुपाताल संगै जोडिएको सामुदायिक बनहरुमा चितुवा,मृग,अजिंगर लगायत विभिन्न प्रजातिका चराचुरुङगी सहित १ सय ३४ प्रजातिका जीवजन्तु र ३ सय ३६ प्रजातिका बनस्पतिहरुका साथै सिता गुफा समेत रहेको पचभैया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मन बहादुर घिमिरेले वताए ।
युनाइटेड क्लवले स्थापना कालदेखिनै पोखरामा नया पर्यटकीय गन्तब्य चिडियाखाना निर्माणको उद्देश्यका साथ अगाडी वढेको वताउदै संयोजक बख्रेलले चिडियाखाना सिलान्यासको संघारमा ल्याइपु¥याउन सहयोग गर्ने सम्पूर्ण संघ सस्था, ब्यवयशायी,सरकारी कार्यालय,पत्रकार हरु प्रति बख्रेलले विशेष धन्यबाद ब्यक्त गरे ।