breaking news

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पालिखे

September 18th, 2016 | by adminabis
पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पालिखे
पोखरा र सेरोफेरो
0

धन बस्नेत
पोखरा २ असोज । ३१ औं अधिवेशनबाट पोखरा उद्योग वाणिज्य संघको दुईवर्षे कार्यकालको लागि विश्वशंकर पालिखेले नेतृत्व लिएका छन् । झण्डै एकदशक अघि अध्यक्षकै पदमा चुनाव लडेर पराजित भएपछि पालिखेले तीन कार्यकाल पुन सदस्यमा जितेर पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिमा रहेर काम गरेका थिए । Bishow

पालिखेले आफनो प्यानलसहित विजयी भएका छन् । केवल दुई सदस्य र एक उपमहासचिव मात्रै देव क्षत्रीको प्यानलबाट विजयी भएका थिए । उनको नेतृत्वमा अधिकांश पुरानै अनुहार पदाधिकारीमा छन् भने कार्यसमितिमा चारजना महिला सदस्यले आफनो उपस्थिति जनाएका छन् । पोखरा उद्योग वाणिज्य संघको इतिहासमा चार जना महिलाले सदस्यमा जितेको यो पहिलो हो । वाणिज्य संघको ६२ वर्षे इतिहासमा महिलाको सदस्य संख्या पनि उल्लेख्य बृद्धि हुदैं गएको छ । संघमा ४ सय ६७ महिला सदस्यरहेको व्यवसायिक प्रतिष्ठान आवद्ध छन् ।
पालिखेसँगै अध्यक्षका प्रत्यासी देव क्षत्री, ईश्वर कर्माचार्य, नारायण कोइराला, हिरा भट्टराई र धनीराम बराल थिए । पोखरा उद्योग वाणिज्य संघको विधान संशोधनको पहिलो अधिवेशनमा छ जनाले अध्यक्षमा उम्मेदवारी परेको थियो । आईतबार साँझ सार्वजनिक गरिएको मतपरिणाम अनुसार बरिष्ठ उपाध्यक्षमा रविन्द्रबहादुर प्रजू, उद्योग तर्फको उपाध्यक्षमा गोकर्ण कार्की, वाणिज्य तर्फको उपाध्यक्षमा विन्दु कोईराला सुवेदी निर्वाचित भएकी छिन् । वाणिज्य तर्फ सुवेदीसँग केदारनाथ भट्टराई र सुरेश अधिकारीले प्रतिस्पर्धा गरेका थिए ।
त्यसैगरी महासचिवमा काँग्रेसकी कोषाध्यक्ष लक्ष्मी पाण्डे पराजित हुन पुगिन् । तीन कार्यकाल कार्यसमितिमा रहेको दामु अधिकारीले पाण्डेलाई पराजित गर्दै आगामी दुई वर्षे कार्यकाल सुरक्षित बनाउँदा नेपाली काँग्रेस कास्कीको इज्जतमा धब्बा लागेको छ । काँग्रेसले मनोनयन दर्ता गर्ने दिनमात्रै कोषाध्यक्ष पाण्डेलाई महासचिवको प्रत्यासी बनाएको थियो । जसको प्रत्यक्ष असर उनको प्यानललाई परेको छ । पाण्डे रहेको प्यानलमा अधिकांश पराजित भएका छन् ।
कोषाध्यक्षमा पवनकुमार प्रजापतिले जितेका छन् । उनीसँग जनकराज पराजुलीले प्रतिस्पर्धा गरेका थिए । उपमहासचिवमा भने अर्जुन पोखरेल निर्वाचित भएका छन् । उनीसँग नविन बराल र धर्मराज अर्यालले प्रतिस्पर्धा गरेका थिए । पोखरा उद्योग बाणिज्य संघको खुल्ला १० सदस्यमा अध्यक्षका प्रत्यासी विश्वशंकर पालिखे प्यानलबाट ८ र देव क्षेत्री प्यानलबाट २ जना निवार्चित भएका छन् । यसअघि नै कर्पोरेट सदस्यद्वय कमलबहादुर बस्नेत र नरेन्द्र बास्तोला तथा औद्योगिक सदस्य मोहनबावु खड्का सर्वसम्मत चयन भईसकेका छन् ।
पालिखे प्यानलबाट सर्वाधिक मत ल्याउदै अनिल सिग्देल , सीता बराल, किसान सुनार र यदुनाथ अधिकारी निर्वा्चित भएका छन् । त्यस्तै सुरेन्द्रमान बिजुक्छे, देवकृष्ण काफ्ले , प्रेम बहादुर भूजेल र गीता तिवारी गौतम निर्वा्चित भएका छन् । क्षेत्री प्यानलबाट चिनु गुरुङ र गोमा ढकाल निर्वा्चित भएका छन् । खुल्ला सदस्यम सिग्देलले सर्वा्धिक १५६८ मत प्राप्त गरेका छन् भने बरालले १५१३ मत प्राप्त गरेकी छिन् । खुल्ला १० सदस्यको लागि २१ जनाको उमेदवारी परेको थियो । स्तुगत संघबाट चारजना निर्वाचित भएका छन् । निर्वाचित हुनेहरुमा गिरधारी अधिकारी, देवबहादुर भुजेल, नारायणप्रसाद पौडेल र यामनाथ पौडेल विजयी भएका छन् । शनिबार भएको मतदानमा २५सय १३ मत खसेको थियो । २९ कार्यसमिति सदस्यमा २५ सदस्यीय निर्वाचित भएका छन् भने अब बाँकी चार सदस्यलाई अध्यक्षले मनोनयन गर्दै कार्यसमितिलाई पुरा गर्ने छन् ।
कार्यसमितिमा बहुमत
पोखरा उद्योग वाणिज्य संघको ३१ औं अधिवेशनमा विश्वशंकर पालिखे र देव क्षत्रीको प्यानल बनेको थियो । अन्य चार अध्यक्ष र वाणिज्य तर्फकी उपाध्यक्ष विन्दु कोईराला सुवेदी स्वतन्त्र रुपमा उठेका थिए । प्यानलमा चुनावी प्रतिस्पर्धा गरेको पालिखेले बहुमत ल्याएका छन् । उनकै प्यानलबाट बरिष्ठ उपाध्यक्ष, उद्योग र वाणिज्य उपाध्यक्ष, महाससचिव र कोषाध्यक्ष छन् भने कार्यसमितिमा खुल्ला तर्फ दशमध्ये ८ सदस्य निर्वाचित भएको अवस्था छ । यसले गर्दा दुई वर्षे कार्यकालको लागि पालिखेलाई काम गर्न सहज हुने छ । आफुले उठाएका एजेण्डालाई मुर्त रुप दिन पालिखेले प्रतिबद्धता जनाएका छन् । समृद्ध पोखरा अभियान उनको पहिलो एजेण्डा नै हो । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि निकै पहलकदमी समेत गर्दै आएका छन् । पोखरा उपमहानगरपालिकाको सडकमा सोलार बत्ती जडानको लागि चिनीया सहयोग समेत भित्रयाएका थिए । यो सँगै केही एजेण्डालाई पोखरा उद्योग वाणिज्य संघको अध्यक्षको पदबाट जिम्मेवारी पुरा गर्ने दायित्व काँधमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *