breaking news

‘प्याराग्लाइडिङलाई तीन वर्ष कर छुट’ पोखरामा उडाउन भने पाईदैन

December 23rd, 2015 | by adminabis
‘प्याराग्लाइडिङलाई तीन वर्ष कर छुट’ पोखरामा उडाउन भने पाईदैन
पोखरा र सेरोफेरो
0

धन बस्नेत, पोखरा । सरकारले प्याराग्लाइडिङ कम्पनीलाई तीन वर्षसम्म कर छुट दिने घोषणा गरेको छ । तर कम्पनीले पोखरालाई केन्द्रीत गरेर उडाउन भने पाईदैन् । पोखरा भन्दा बाहिर कम्पनीले उडान शुरु गरे तीन वर्षसम्म सरकारले कर नलिने घोषणा गरेको छ । यसले प्याराग्लाइडिङ कम्पनीलाई सहजता देखिएको छ भने दीर्घकालिन रुपमा पोखराबाट प्याराग्लाइडिङ विस्थापन हुने छ ।

पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले पोखरामा केन्द्रीत रहेका कम्पनीलाई अन्य ठाँउमा उडान गरे कर छुट दिने स्पष्ट पारेका छन् । पोखराबाट प्याराग्लाइडिङ सेवालाई बाहिर स्थानान्तरण गर्न कर छुट दिन लागेको मन्त्री पोखरेलले बताए । ‘प्याराग्लाइडिङको बैकल्पिक व्यवस्थाको लागि सरकारले नयाँ निर्णय गरेको हो ।’ उनले भने—‘पोखरामा अन्तराष्ट्रिय विमानस्थल बनेपछि त्यहाँको प्याराग्लाइडिङ पूर्ण रुपमा बन्द हुने छ ।’ पोखरा र प्याराग्लाइडिङ पर्याय रुपमा रहेका छन् । पोखराकै प्याराग्लाइडिङको लागि जस्तो सुहाउँदो हावापानी नेपालको अन्य ठाँउमा छैन् । यद्यपी पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढ्दै गएपछि सरकारले प्याराग्लाइडिङलाई अन्यत्र व्यवस्थापन गर्न कम्पनीहरुलाई करछुट सहितको योजना अघि सारेको हो ।Paragliding-in-Pokhara

‘पोखराबासीको पहिलो माग नै अन्तराष्ट्रिय विमानस्थल हो । विमानस्थल निर्माणमा प्याराग्लाइडिङ अन्यत्र सार्न कुनै कठिनाई छैन् । सरकारले गरेको निर्णयले प्याराग्लाइडिङ प्रवद्र्धनमा थप टेवा पुग्ने आशा र विश्वास लिएका छौं ।’ नेपाल हवाई खेलकुद संस्था(ना)का महासचिव बसन्दराज दवाडीले भने—‘कर छुट दिने सरकारको घोषणा पं्रशसांयोग्य छ ।’ उनका अनुसार कर छुट भएमा व्यवसायीले बाहिर प्याराग्लाइडिङ विस्तार गर्न हामी तयार छन ।

‘मन्त्री ज्यूले गरेको कर छुटको घोषणा स्वागतयोग्य छ, यो निर्णयले हामीलाई थप उत्साहित बनाएको छ’ उनको भनाई थियो । अहिले पोखरा लगायतका विभिन्न ठाउँमा ४३ वटा कम्पनीहरुले प्याराग्लाइडिङ सञ्चालन गरिरहेका छन् । स्वीकृतिको लागि मन्त्रालयमा प्रस्ताव समेत पेश गरिएको छ । पाइपलाइनमा समेत रहेका समेत जोड्दा ६२ कम्पनी पुग्ने छ । पोखरामा तीनरचार वषभित्र प्याराग्लाइडिङ पूर्ण रुपमा बन्द गर्नुपर्ने हुँदा अनुमति दिन नचाहेको सरकारको भनाई छ ।

पोखराको सुन्दर शहर र फेवातालमाथि सेता हिमाल र प्राकृतिक दृश्यावलोकन गर्दै चराझैँ उड्न पाउँदा स्वदेशी तथा विदेशी पर्यटक निकै रमाउने गर्छन् । साहसिक पर्यटनसँगै प्याराग्लाइडिङको लागि विश्वकै नमूना उत्कृष्ठ गन्तव्यस्थलको रुपमा परिचित छ । पछिल्लो समय ललितपुर, धनकुटा, सुर्खेत, तानसेन, बन्दीपुर लगायतका ठाउँमा पनि व्यवसायीक प्यराग्लाइडिङ सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *