बलात्कारको घटना विस्तारै सार्वजनिक हुदैं आएको छ । घटना सार्वजनिक हुदैं गएपछि सर्वसाधारण सचेत बन्दै गएका छन् । सञ्चारमाध्यमको पहुँच भन्दा बाहिर हुदाँ त्यस्ता घटनाहरु बाहिर सार्वजनिक हुनै सकेका थिएन् । सार्वजनिक भएपछि घटनाहरुप्रति सचेत बन्न थालेका छन् । बलात्कार गर्ने पीडकलाई कानूनी कारवाही गर्ने नेपाली कानूनको पनि अभाव छ । कानून कारवाही हुन नसक्दा मनोबल बढ्दै गएको छ । कानूनी कारवाही गर्न सरकार असक्षम बन्दा बलात्कारीको घटना बढ्दै गएका हुन् । त्यसैले सरकारले कानूनी कारवाहीलाई अझ प्रभावकारी बनाउँदै गम्भीर प्रकृतिको कारवाही गर्नुपर्ने खाँचो समेत औंल्याएको छ । बारा अदालतले सर्वस्वसहित जन्मकैदको घोषणा गरेपछि कानूनी कारवाही हुन्छ भन्ने जनमानसमा परेको छ । यद्यपी केही बलात्कारीलाई अझ पक्राउ गर्न सकिएको छैन् । तिनीहरुलाई पनि कारवाही गर्ने तर्फ सजग बन्नुपर्छ । राजनीतिक ढाकछोपले बलात्कारीको ओडढाकने प्रवृृत्ति हुदाँ सर्वसाधारण पीडित बन्दै गएकाछन् । यसले गर्दा पनि कानूनी कारवाही गर्न असक्षम बन्दै गएको छ । कानूनी कारवाही गर्न सरकार सक्षम भएको अवस्थामा मात्रै बलात्कारजन्य घटनामा न्युनिकरण हुने छ । न्युनिकरण गर्ने नाममा हिजो डर धम्की दिने हावी थियो । तर अहिले अवस्था फेरिएको छ । सञ्चार क्षेत्रमा समाचार प्रकाशित भएपछि प्रहरीलाई कारवाही गर्न दवाव परेको छ । अन्यथा भित्रभित्रै गुपचुप हुने अवस्था थियो । केही घटना राजनीतिक ढाकछोप गर्दै आर्थिक लेनदेनमै मिलाउने गरिएको छ । यसले बढवा दिएको छ । आर्थिक प्रलोभनमा परेर मिलापत्र गर्दा बलात्कारीको मनोबल बढ्दै जान्छ । कानूनी कारवाही गर्न पनि असक्षम बन्ने अवस्था छ । त्यसैले आर्थिक प्रलोभनमा परेर थप बलात्कार गर्न बढवा दिने काम बन्द गर्नुपर्छ ।
पाठक प्रतिकृयाहरू