breaking news

बेलायती राजदुतद्धारा पोखरा लाइभस्टक प्रा.लि. (बंगुर फार्म)को अवलोकन

December 13th, 2015 | by adminabis
बेलायती राजदुतद्धारा पोखरा लाइभस्टक प्रा.लि. (बंगुर फार्म)को अवलोकन
स्वास्थ्य
0

आविष्कार संवाददाता पोखरा ।

नेपालका लागी बेलायती राजदुत रिचार्ड सिमोयुले पोखरा लाइभस्टक प्रा.लि. (बंगुर फार्म)को अवलोकन गरेका छन । लेखनाथको रिठेपानीमा रहेको पोखरा लाइभस्टक प्रा.लि.मा सञ्चालित डि. एफ. आइ. डी. द्धारा सहयोग भइ सिप्रेड सामर्थ परियोजना अन्तर्गत सञ्चालनमा आएको कृतिम गर्भाधान ल्याव र फार्मको अवलोकन गरेका हुन ।20151210_131637

फार्मको अवलोकन पश्चात बेलायती राजदुतले पोखरामा बंगुर फार्म ब्यवस्थित रुपले सञ्चालित भएकोमा खुसी लागेको वताए । नेपाल कृषिप्रधान मुलुक भएको र त्यसमा पनि युवाहरु कृषिमा लागेर उदाहरणीय काम गरेको उनको भनाइ रहेको थियो । स्वरोजगार संगै युवाहरुलाई समेत रोजगार प्रदान गरेको वताउदै राजदुतले आगामी दिनमा कृषिको क्षेत्रमा आफुहरुबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।

नेपालमै पहिलो पटक बंगुरको कृत्रिम गर्भाधानका लागी सहयोग गरी सञ्चालनमा आएको फार्ममा गुणस्तरीय र उन्नत जातको बंगुरका पाठापाठी उत्पादन गर्दै आएको र आगामी दिनमा साना किसानहरुलाइ समेत उपलब्ध गराइने सिप्रेड सामर्थका डा. राजेश चौधरीले जानकारी दिए ।

अत्याधुनिक ढंगबाट सञ्चालित फार्ममा हाल १९ सय बंगुर रहेका छन । फर्ममा १ सय ९० वटा माउ बंगुर बाट पाठापाठी उत्पादन हुदै आएको र वर्षमा दुई पटक पाठापाठी उत्पादन हुदै आएको र छिट्टैनै अत्याधुनिक तवरको बधस्थल समेत निर्माण गरिने फार्मका सञ्चालक छ्याम बहादुर थापा मगरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *