काठमाडौं -एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बैद्य माओवादीले भन्दैमा संविधानसभा नछाड्ने प्रष्टयाएका छन् ।
एमाओवादी र बैद्य माओवादीबीच पार्र्टी एकताका लागि वार्ता सुरु भएको छ । र, वार्तामा बैद्य माओवादीका नेताहरुले संविधानसभा छाडेर सडक संघर्षमा आउन प्रचण्डलाई आग्रह गर्दै आएका छन् ।
नेकपा (माओवादी)का संयोजक मातृका यादव र क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणी थापाले बुधबार भएको भेटमा प्रचण्डले संविधानसभाबारे अझै दुई माओवादीको फरक बुझाइ रहेको बताए । यादव र थापा पाँच पार्टीको कार्यगत एकता समिति ब्यूँताउने पहल सुरु गर्न विहान लाजिम्पाट पुगेका थिए ।
संविधानसभा छाड्ने परिस्थिति
भेटमा प्रचण्डले सबै माओवादीलाई मिलाउन आफू सकारात्मक रहेको बताए । तर, बैद्य माओवादीसँग कुरा नमिल्दा कार्यगत एकता समिति अघि बढ्न नसकेको बताए । ‘हाम्रो र बैद्यजीहरुको कुराकानी मिलेन । यसमा तपाईहरुको दोष छैन,’ प्रचण्डको भनाई उद्धृत गर्दै स्रोतले भन्यो’ उहाँहरु (बैद्य) ले बाहिर आउने कुरा गर्नुहुन्छ । हामी बाहिर आउने परिस्थिति छैन । भित्र लड्ने हो ।’
पाठक प्रतिकृयाहरू