breaking news

भुकम्प प्रभावितहरुसँगै विश्व रेडक्रस दिवस मनाइयो

May 8th, 2015 | by adminabis
भुकम्प प्रभावितहरुसँगै विश्व रेडक्रस दिवस मनाइयो
पोखरा र सेरोफेरो
0

वैशाख २५, पोखरा -नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले विश्व रेडक्रस दिवस भुकम्प प्रभावितहरुसँगै मनाएको छ ।
‘रेडक्रसका सिद्धान्त व्यवहारमा’ भन्ने नाराका साथ विश्व रेडक्रस दिवस मनाइएको हो । शाखाले प्रभावितहरुलाई राहत वितरण र घाइतेलाई फलफुल, सल्यानमा रेडक्रस अभिमुखिकरण गरिएको जनाएको छ । 11113143_820664174635983_3314728966230257405_n
शुक्रवार भुकम्पमा परि घाइते भई डिस्चार्ज भएका विरामीलाई राखिएको स्थानमा पुगि कास्की शाखाले फलफुल वितरण गरेको छ । शाखाका सभापति वामदेव ढुङ्गाना, मन्त्री कृष्ण तिमील्सीना लगायतले प्रदान गर्नुभएको छ ।  साथै विभिन्न जुनियर रेडक्रस तथा युवा रेडक्रस सर्कलहरुमा ब्याज वितरण गरेका छन् ।  दिवसकै अवसरमा आइतवार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
प्रत्येक वर्ष मे ८ का दिन विश्व रेडक्रस दिवस मनाउने गरिन्छ । इटालीको सल्फेरिनोमा भएको युद्धको विभत्स दृश्यबाट प्रभावित भई जाँ हेनरी ड्युनाले सन् १८६३ मा रेडक्रसको जन्म भएको हो । सोहि दिनको सम्झनामा विश्वका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुले विभिन्न कार्यक्रम गर्दै आएका छन् ।
वि.स. २०२२ सालमा स्थापना भएको कास्की शाखाले विश्व रेडक्रस अभियाानकोको प्रचार प्रसार, अन्तराष्ट्रिय कानुनको प्रवद्धनका साथै प्रकोप नियन्त्रण, न्यूनिकरण,  उद्धार वातावरण संरक्षण, खानेपानी, सरसफाइ, स्वास्थ्य सेवा लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ । कास्की शाखामा ५५ उपशाखा, आजिवन सदस्य ८ हजार, १ सय ६० जुनियर सर्कल, ५१ युवा सर्कल क्रियाशील छन् ।

विपत्तीपूर्ण अवस्थामा सवै व्यक्ति तथा संघसंस्थाहरुलाई नेपाल रेडक्रस सोसाइटी कास्की शाखाले राहत संकलन अभियानमा जुट्न समेत  अनुरोध गरेको छ । शाखाले नेपाल रेडक्रस सोसाइटी कास्कीको सिटी डेभलपमेन्ट बैंकमा रहेको खाता नं. ००१०१५०००४५९४८०००००१ मा रकम जम्मा गर्न सकिने शाखाका कोषाध्यक्ष धर्मराज अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *