breaking news

भूकम्प पीडितलाई राहत र उपाचार अवस्थाबारे सञ्जालद्वारा अनुगमन

April 28th, 2015 | by adminabis
भूकम्प पीडितलाई राहत र उपाचार अवस्थाबारे सञ्जालद्वारा अनुगमन
पोखरा र सेरोफेरो
0

पोखरा । वैशाख १५ गते-शान्तिका लागि नागरिक समाजको सञ्जाल, कास्कीले विनाशकारी महाभूकम्पमा परेर पीडित नागरिकको राहत सुविधा र उपचारको अवस्थाबारे नियमित अनुगमन गर्ने भएको छ । सञ्जालको सचिवालय इन्सेक क्षेत्रीय कार्यालय,पोखरामा मंगलबार सम्पन्न बैठकले पीडितलाई राहत र उपचारको अवस्था बारेमा सरकारी तथा गैरसरकारी संस्थााबाट भएका प्रयासहरुको अनुगमन गर्ने निर्णय गरेको छ ।  पीडितलाई राहत तथा सहयोग उपलब्ध गराउन विभन्न संघ संस्था तथा निकायसंग समन्वय गर्ने, प्राप्त राहत सुविधा र भुकम्पमा घाइते भई उपचारार्थ विरामीहरुको अवस्था तथा सरकारी एव्म गैरसरकारी संस्थाबाट भएको प्रयासलाई अनुगमन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने वैठकले निर्णय गरेको हो । साथै वैठकले भुकम्पमा भएको ठूलो मानवीय क्षति र भौतिक क्षतिप्रति दुख व्यक्त गर्दै विपद्को यो घडीमा पीडितको उद्धारा र सुरक्षाप्रति संवेदनशील बन्दै खाद्यन्न एव्म उपभोग्य बस्तुको कृतिम अभाव नगर्न तथा कालोबजारी गर्नेमाथि तत्काल कारवाहीका लागि स्थानीय प्रशासनलाई आग्रह गरेको छ । bhukampa-helap

वैठकमा सञ्जालका संयोजक रामप्रसाद सुवेदी, वरिष्ठ मानवअधिकारकर्मी टेकनाथ बराल, वरिष्ठ अधिवक्ता रामप्रसाद घिमिरे, अधिवक्ता सरलाकुमारी पाण्डे, इन्सेकका क्षेत्रीय संयोजक शिव खकुरेल, अधिवक्ता कमलप्रसाद अर्याल, जानकी शर्मा, मानवअधिकारकर्मी विष्णु बराल, दुर्गाबहादुर सुनार,  सुनासका श्याम कुवँर, चिल्डेन नेपालका रामचन्द्र पौडेल,हुर्जाका राजेश पराजुली लगायतले पीडितको उद्धार, रातह र घाइतेको उपचारका लागि आवश्यक व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

यसैगरी महिला तथा बालबालिका कार्यालयमा मंगलबार नै जिल्लास्थित विपद व्यवस्थापन संरक्षण उपसमितिको समन्वय वैठकले भुकम्प पीडित महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा जेष्ठ नागरिकको अवस्था बारेमा सरकारी तथा गैरसरकारी निकायवाट संयुक्त रुपमा निरन्तर अनुगमन गर्ने र पीडितको अवस्था हेरी अल्पकालीन र दीर्घकालीन संरक्षणका लागि व्यवस्था मिलाउने निर्णय गरेको वैठकमा सहभागी इन्सेक पोखराका टंक खनालले जानकारी दिए । महिला तथा बालबालिका कार्यालयकी अधिकृत लक्ष्मी जिसीको अध्यक्षतामा सम्पन्न बैठकले महिला तथा बालबालिका कार्यालय,गैरसरकारी संस्था, जिल्ला शिक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिले उपचार गराइरहेका घाइतेहरुको अस्पतालमा पुगेर अनुगमन गर्ने र संरक्षणको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *