breaking news

महिलालाई ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण

January 2nd, 2016 | by adminabis
महिलालाई ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण
पोखरा र सेरोफेरो
0

पोखरा /सामाजिक जागरणका लागि नारी अभियानको आयोजनामासडक सुरक्षा तथा ट्राफिक सचेतना सम्वन्धी प्रशिक्षण शुक्रवार सम्पन्न भएको छ । नेपाल अटोमोबाइल्स एशोसियसन र जिल्ला ट्राफिक कार्यालय कास्कीको सहकार्यमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका महिलाहरुको सहभागिता रहेको थियो ।

सह क्षेत्रीय प्रशासक दिवाकर बाँस्तोलाले कार्यक्रमको उद्घाटन गर्दै सडक दुर्घटना जानेर वा नजानेर पनि हुने भएकाले यस प्रति सबै सावधान हुन जरुरी रहेको बताए । दुर्घटना न्युनिकरण गर्न महिलाहरुको भुमिका अपरिहार्य हुने हुँदा पनि महिलाहरुलाई ट्राफिक सम्बन्धी सचेतना कार्यक्रमहरुमा अग्रसर गराउनुपर्नेमामा जोड दिए ।
जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख श्यामु अर्यालले सडक दुर्घटनाले गर्दा नेपालमा बर्षेनी १८ सय देखि २ हजार सम्म मानिसहरुले आफ्नो ज्यान गुमाएको बताउँदै ५ देखि ६ हजार ब्यक्ति अपाङ हुने गरेको बताए ।images

उहाँले बार्षिक समग्रमा सडक दुर्घटनामा कास्कीमा ४० देखि ४५ जनाको ज्यान जाने गरेको तथ्याङक रहेको बताउँदै यसलाई न्युनिकरण गर्न जनचेतना जोगाउनुपर्ने बताउनुभयो । उनले नेपालमा रहेका साँघुरा सडक र नियम उलङघन गर्ने प्रवृत्ति बढेकाले सडक दुर्घटना हुने बताए ।
कार्यक्रममा पोखराको पहिलो महिला ट्याक्सी चालक विष्णु कुँवरलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । उनले ट्याक्सी चालक हुनुमा गर्व महसुस भएको बताउँदै अन्य दिदिबहिनीहरुलाई पनि काम गर्न लाज नमानि आफुले जस्तै गरी काम गरेर आत्मानिर्भर हुनका लागि पनि आग्रह गरे ।
सामाजिक जागरणका लागि नारी अभियानको वारेमा अभियन्ता तथा संयोजक सुष्मा पौडेलले जानकारी गराएकी थिईन् । उनले ट्राफिक नियम तथा सडक सुरक्षा सम्वन्धी जानकारी नहुदा कयौले अकालमा ज्यान गुमाउनुपरेका कारण सचेतनाका लागी कार्यक्रम आयोजना गरेको वताए ।
प्रशिक्षणमा जिल्ला ट्राफिक कार्यलयका प्रहरी नायब निरिक्षक राजेन्द« कार्कीले ट्राफिक नियम सम्वन्धी र नेपाल अटोमोबाइल्स एशोसियसनका महासचिव गोविन्द भट्राईले सडक सुरक्षा सम्वन्धी प्रशिक्षण दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *