breaking news

माछापुच्छ«े गाविसमा भुकम्प प्रभावित परिवारलाई राहत वितरण

May 8th, 2015 | by adminabis
माछापुच्छ«े गाविसमा भुकम्प प्रभावित परिवारलाई राहत वितरण
पोखरा र सेरोफेरो
0

वैशाख २५, पोखरा-विभिन्न संघसंस्थाद्धारा संकलित दैनिक उपभोग्यका सामग्री शुक्रवार माछापुच्छ«े गाविसमा पुगि प्रभावित परिवारलाई वितरण गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी पोखरा २, ३ उपशाखा, अनन्ता सामुदायिक सेवा समिति, टोल विकास संस्था, वडा समन्वय समिति पोखरा–२ र हरिचोक १,२ बाट संकलित सामग्री प्रदान गरिएको  उपशाखाका सभापति खगेन्द्र पराजुलीले जानकारी दिनुभयो । प्रभावित परिवारलाई चामल, दाल, चाउचाउ, दाल, नुन, दालमोट, चिउरा, तेला, चिनी, चियापती, भुटेको चिउरा, कम्वल लगायत गरि ४८ परिवारलाई करिव दुई लाख पचास हजार रुपैयाको सामग्री वितरण गरिएको टोल विकास संस्थाका अध्यक्ष माया सुवेदीले बताउनुभयो ।rahat bitaran 24

कार्यक्रममा बोल्दै प्रमुख अतिथी रेडक्रस कास्कीका उपकोषाध्यक्ष सुरेन्द्र गुरुङले वास्तविका पिडितलाई मात्र राहत वितरण गर्नुपर्नेमा जोड दिदै प्रदान गरिएको त्रिपाल सहि ठाउँमा उपयोग गर्नुपर्ने बताउनुभयो ।

गाविस सचिव जगन्नाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा माछापुच्छ«े गाविसका काङ्ग्रेस प्रतिनिधी भिम बहादुर गुरुङ, पूर्व गाविस अध्यक्ष खम्वासी गुरुङ, एमाले प्रतिनिधी आश बहादुर गुरुङ, रेडक्रस कास्कीका सदस्य एवम् अनन्ता सामुदायिक सेवा समितिका संस्थापक अध्यक्ष शुशिला पराजुली, माछापुच्छ«े उपशाखाका सभापति विश्वमोहन पोख्रेल, महिला समन्वय समितिका शान्ता पराजुली, स्थानीय नागरिक मञ्चका देव वहादुर मगर, अनन्ता सामुदायिक सेवा समिति, पोखरा–२ का विजय रेग्मी लगायतले थोरै रुपमा भएपनि प्रदान गरिएको राहतले प्रभावितलाई ठूलो सहयोग मिल्ने बताएका थिए ।

कास्कीको विकट माछापुच्छ«े गाविसमा तीन वर्ष अघि आएको सेती बाढिले पनि ठूलो क्षति पु¥याएको थियो ।  भुकम्पका कारण ५० घर परिवारको पूर्ण क्षति भएको छ भने ६३ वटामा आंशिक क्षति पुगेको गाविस सचिव जगन्नाथ अधिकारीले बताउनुभयो । सो अवसरमा केहि स्थानीयहरुले आफ्नो घर पूर्णरुपमा क्षति भएपनि सिफारिस नभएको भन्दै गुनासो गरेका थिए । दुइ हजार ४ सय जनसङ्ख्या रहेको सो गाविसमा ४ सय ११ घरपरिवार छन् । माछापुच्छ«े गाविसमा मात्रै ५ वटा विद्यालय, २ मन्दिर, १ स्वास्थ्यचौकीमा क्षति पुगेको गाविस सचिव अधिकारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *