breaking news

लेउवा संघको अध्यक्षमा त्रिपाठी

September 22nd, 2015 | by adminabis
लेउवा संघको अध्यक्षमा त्रिपाठी
पोखरा र सेरोफेरो
0

पोखरा

लेखनाथ उद्योग बाणिज्य संघले लक्ष्मीप्रसाद त्रिपाठीलाई अध्यक्षको रुपमा जिम्मेवारी सुम्पिएको छ । वाणिज्य संघका १० औं अधिवेशनले त्रिपाठीलाई १ सय १६ मतको अग्रतासँगै अध्यक्ष बनाइएको हो । त्रिपाठीले ५ सय ९९ सय मत प्राप्त गर्दा उनका प्रत्यासी एलके शर्माले भने ४ सय ८३ मत पाएका थिए ।  संघको संस्थागत सदस्यमा दामोदरभक्त थापा र एशोसियट तर्फ उपेन्द्र सुवदी विजयी भएका छन् । कार्यसमितिको अवधि दुइ वर्षको हुने छ । Lekhnath-Chamber-Of-Commerce-512x430

१० सदस्यको लागि ३० जनाको उमेदवारी परेको थियो । सदस्यमा अधिकांश त्रिपाठी पक्षधरले जितेका छन् । सदस्यहरुमा बलराम ढकाल ५९८, इ बसन्त मोहन भट्टरार्य ५३१, भरतकुमार अधिकारी ५६१, विनोद श्रेष्ठ ५५६, छत्रधर आत्रेय ७६१, गीता सुवेदी ४९४, गोपीचन्द्र बास्तोला ५४७, कृष्णहरि भण्डारी  ५९९, राजेन्द्र ओझा ५७० ऋषिराम जमरकट्टेल ५७० मत ल्याई निर्वाचित भएका हुन् । सदस्यमा राजेन्दै अ‍ेझा, उपेन्द्र सुवेदी दामोदर भक्त थापा नयाँ सदस्यको रुपमा आएका छन् । मतदाता १ हजार एकसय ८४ रहेको अधिवेशनको समयमा एक हजार एकसय २४  खसेको थियो । १०८९ सदर ३५ बदर भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *