breaking news

लोकतान्त्रिक खेलकुद संघका पदाधिकरी र सदस्यले लिए सपथ

January 4th, 2016 | by adminabis
लोकतान्त्रिक खेलकुद संघका पदाधिकरी र सदस्यले लिए सपथ
खेलकुद
0

पोखरा, । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका पदाधिकारीहरुको आइतबार सपथ ग्रहण ग्रहण गरेका छन । लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय समितिको आयोजनामा कास्कीमा नवनियूक्त पदाधिकारीलाई सपथ ग्रहण गराईएको हो । कास्कीका अध्यक्ष ओम बस्नेतलाई संघका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले र अन्य पदाधिकारी र सदस्यलाई बस्नेतले सपथ खुवाएका हुन् । साथै कार्यक्रममा काँग्रेस खेलकुद विकास विभाग प्रमुख एवं सभाषद धनराज गुरुङले खादा लगाएर बधाई तथा शुभकामना दिए ।loktantrik khelkud

बस्नतेको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन भएको हो । जसको उपाध्यक्षमा आशबहादुर गुरुङ, सचिवमा प्रकाश बराल, सहसचिवमा धनबहादुर लामा र कोषाध्यक्षमा विश्व तण्डुकार चयन भएका थिए । त्यस्तै सदस्यहरुमा सुरेश मल्ल, शिव गुरुङ, राजन बड्गामी, शंकरमान उदास, विजय गुरुङ, विजय गुरुङ(सल्यान), डिलबहादुर जिसी, विष्णु अधिकारी, रेशमाया गुरुङ, राखी शर्मा, मनिष परियार, प्रकाश थापा, किरण थापा, सम्मरबहादुर श्रेष्ठ, आइन्दल गुरुङ, विशल गुरुङ रहेका छन् ।

सपथ ग्रहण कार्यक्रममा बोल्दै काँग्रेस खेलकुद विकास विभाग प्रमुख एवं सभाषद धनराज गुरुङले खेलकुदमा रहेको विकृति विंगतीको अन्त्य गदै प्रजातन्त्र प्रति प्रतिबद्ध खेलाडिहरुलाई संगठित गर्ने उद्देश्यले संघ गठन गरिएको बताए । खेलकुदमा एकता अपरिहार्य रहेको बताउदै खेलाडीको एकताले नै खेलमा सफलता प्राप्त गर्न सकिने गुरुङले बताए । कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, अखिल नेपाल फुटबल संघका उपाध्यक्ष कर्मा्छिरिङ शेर्पा, संघका महासचिव सुवोध प्रधान, पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, काँग्रेस नेता शुक्रराज शर्मा लागयतले खेलकुदको बारेमा बोलेका थिए । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीका अध्यक्ष ओम बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव प्रकाश बरालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *