breaking news

व्युटी कन्टेष्ट, प्रतिभा प्रष्फुटन गराउने आधार

March 18th, 2015 | by adminabis
व्युटी कन्टेष्ट, प्रतिभा प्रष्फुटन गराउने आधार
मनोरञ्जन
0

पोखरा-प्रतिभा सबैको हुन्छ । त्यही प्रतिभाले सौन्दर्यता प्रष्टयाउछ । आन्तरिक प्रतिभाले शरीर रुपी बनोटलाई श्रृंगार गरिदिन्छ । प्रतिभालाई उजागार गर्न सकेको अवस्थामा श्रृंगारले व्यक्तिको पहिचान र आर्दशलाई झल्काउ“छ ।

प्रतिभा बालकदेखि बृद्धसम्म सबैमा हुन्छ । कसैको धेरै प्रतिभा र कसैको थोरै प्रतिभा प्रष्फुटित हुन्छ । प्रतिभा प्रष्फुटन गराउन पोखरामा विभिन्न संघसंस्था सक्रिय रहदैै आएका छन् । संस्थाहरुले त्यसलाई वार्षिक कार्यक्रम गर्दै आएका छन् भने कतिपयले ब्राण्ड चिनाउन मात्रै । सौन्दर्यजन्य गतिविधिले युवापुस्ताले आफनो पहिचान समाजमा छाड्न समेत सफल भएका छन् । सन २०१३ मा पोखरामा सौन्दर्य सम्बन्धी गतिविधि निकै भए । विभिन्न संस्थाले विभिन्न सौन्दर्य प्रतियोगिता आयोजना गर्दै बालकदेखि युवापुस्तालाई विभिन्न ¥याम्पमा उतारिएको थियो । आन्तरिक प्रतिभा प्रष्फुटन गराउने मुख्य उद्देश्य राखियो । बाहिरी शरीरलाई अन्तरिक प्रतिभाले सिंगारिदिन्छ । केहीको प्रतिभाले बढी सिङ्गार्छ भने केहीलाई कमै मात्रै । तर प्रतिभा सबैको हुन्छ । Miss pokhara

१३ वर्ष रोकिएको मिस पोखराले निरन्तरता पायो । पोखरा जेसिजले सन २०१३ मा मिस पोखरा आयोजना गरेर सुन्दरी प्रतिस्पर्धालाई अझ प्रभावकारी बनायो । द लुक्स फेशन होमले ‘मिस लिटिल वल्र्ड’ आयोजना गरेर सन २०१३ को शुरुवात गरेको थियो । फेशन होमले वर्षेनी बालबालिका सम्बन्धी यस्ता गतिविधि गर्दै आएको छ । ‘बालबालिकाको प्रतिभालाई उजागार गर्ने मुख्य उद्देश्यसहित विभिन्न कन्टेष्ट गर्दै आएका छौं ।’ आयोजक रविन्द्र बज्रचार्यले भने—‘नया“ वर्ष लागेको पहिलो महिनामैदेखि तालिम शुरु गर्ने योजना छ ।’

पोखरामा ९ वटा व्युटी पेजेन्टका कार्यक्रम भएका थिए । आफनै पहिचान सस्कृति झल्काउने उद्देश्य लिदैं आयोजना गरियो । सबैभन्दा बढी व्युटी पेजेन्ट नै २०१३ मा भएको थियो । जातिगत रुपमा समेत सुन्दरी प्रतियोगिता आयोजना गरिएको थियो । अन्य मोफसलका शहरमा भने भएको छैन् ।

‘मिस पोखरा, मिस थकाली, मिस लेखनाथ, मिस नेवा, मिस तमुस्यो, मिस दलित, मिस डायनामिक, मिस मगर, मिसेज तिज, मिस लिटिल वल्र्ड’को कार्यक्रम गरिएको छ । पुसको शुरुवातस“गै लेखनाथ महोत्सवमा मिस किरा“त सम्पन्न गरियो ।  फरक जातिको फरक पहिचान आफनै सस्कृतिलाई व्युटी पेजेन्ट मार्फत संस्थाहरुले पोखराको आ“गनमा प्रस्तुत गरे ।

अधिकांश प्रतियोगिता टे«नर नेपालले गरेको हो । मिस थकालीदेखि मिस दलित, डायनामिक, मिस दलितसम्मको प्रतियोगिता ग¥यो । कुनै स्थानीयस्तरमा आयोजित थिए भने केही विभिन्न जिल्लाबाट समेत सुन्दरीहरुले प्रतिस्पर्धा गरेका थिए । ‘व्युटि पेजेन्टले युवतीहरुलाई आफनो प्रतिभा देखाउन सहज बनेको छ ।’ मिस पोखराकी रनर अप लक्ष्मी जिसीले भनिन—‘व्युटी पेजेन्ट महिलाहरुलाई अगाडि आउने माध्यम पनि हो । यसलाई निरन्तरता दिनुपर्छ ।’
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको दशौं लेखनाथ महोत्सवको अवसरमा उभौलीको पर्व पारेर मिस किरा“त छनोट गरियो । रातको समयमा समेत झिजो नमान्दै मिस किरा“त हेर्न सर्वसाधारण पुसे जाडोमा खुल्ला चौरमा उभिएका थिए । व्युटी पेजेन्टको तुलनामा फेशन शो भने निकै कम मात्रै भएको थियो । विभिन्न कलाकारले गरेको सांगितीक कार्यक्रम भने खासै उल्लेख्य भएन् । केवल मेला र महोत्सवको समयमा कलाकारले आफनो सांगितीक जादु छरिदिए । हास्यकलाकारको प्रहसनले पनि पोखरेलीलाई रोमान्टिक मुड बनाईदिएका थिए।

अंग्रेजी नया“ वर्षको चहलपहल बढ्न थालेको छ । पुरानो वर्षलाई भव्यरुपमा विदाईको तयारी भईरहेको छ । पर्यटकीय क्षेत्रमा त्यसको छनक देखिदैं गएको छ । सबै क्षेत्रले नया“वर्षलाई स्वागत गर्न आतुरमात्रै नभई नया“ योजना समेत बनाईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *