breaking news

शिक्षामा पश्चिमाञ्च क्षेत्र अगाडि

August 19th, 2015 | by adminabis
शिक्षामा पश्चिमाञ्च क्षेत्र अगाडि
पोखरा र सेरोफेरो
0

आविष्कार संवाददाता
पोखरा
पोखरा पश्चिमाञ्चल विकास क्षेत्रको शैक्षिक अवस्था सकारात्मक रहेको जनाइएको छ । आधारभूत शैक्षिक सूचकहरुको आधारमा अवस्था सन्तोषजनक रहेको क्षेत्रीय शिक्षा निर्देशनालय पोखराले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । प्रथम चौमासिक शैक्षिक प्रतगतिको बारेमा जानकारी दिन क्षेशिनिले पत्रकार सम्मेलन गरको थियो ।school

यस क्षेत्रको शैक्षिक अवस्थाको बारेमा जानकारी दिँदै तुलनात्मक रुपमा आधारभूत शिक्षाका सूचकहरुको विश्लेषण र कार्य सम्पादनका आधारमा राष्ट्रिय स्तरभन्दा माथि रहेको क्षेत्रीय शिक्षा निर्देशक बैकुण्ठ प्रसाद अर्यालले जानकारी दिए ।
एसएसली नतिजालाई हेर्दा राष्ट्रिय रुपमा सामुदायिकतर्फ ३३ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएकामा पश्चिमाञ्चलमा ४० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । संस्थागततर्फको नतिजामा भने राष्ट्रिय रुपमा ८९ प्रतिशत रहँदा पश्चिमाञ्चलको जम्मा ८७ प्रतिशत मात्र उत्तीर्ण देखिएको छ । जसमा पर्वत जिल्लाबाट भने ९९ प्रतिशत विद्यार्थी निजी अथवा संस्थागत विद्यालयबाट उत्तीर्ण देखिएका छन् । कास्कीमा ९२ प्रतिशत विद्यार्थी एसएलसीमा निजी र सामुदायिकतर्फबाट ७० प्रतिशत उत्तीर्ण रहेको क्षेशिनिले जनाएको छ ।

पश्चिमाञ्चल विकास क्षेत्रका १६ जिल्लाहरु मध्ये कपिलवस्तुमा शैक्षिक उपलब्धि र सूचकाङ्क राष्ट्रिय स्तरभन्दा कम रहेको भन्दै आर्यलले सुधारका प्रयासहरु भैरहेको बताए । शिक्षाका सवै सुचकहरुको मापनका आधारमा रुपन्देही सबैभन्दा अगाडि रहेको क्षेत्रीय शिक्षा निर्देशनालयको अध्ययन विश्लेषणले जनाएको छ । त्यसपछि गुल्मि, अर्घाखाँची र तनँहु रहेका छन् ।सबैभन्दा पछाडि कपिलवस्तु रहेको छ । उनका अनुसार कार्य सम्पादनको स्तरीकरणका आधारमा मनाङ, मुस्ताङ, तनँहु, स्याङ्जा, कास्की, गुल्मी, अर्घाखाँची र रुपन्देही समूह ए मा परेका छन् । त्यस्तै गोरखा, लमजुङ, पर्वत, पाल्पा र नवलपरासी बी तथा म्याग्दी, बाग्लुङ र कपिलवस्तु सी समूहमा परेका छन् । शिक्षाको स्तरीकरणका लागि सरोकारवाला सम्बद्ध सबैको चासो र ध्यान जरुरी रहेकामा निर्देशनालयका उपनिर्देशक ईश्वरी प्रसाद पोखरेलले जोड दिए ।

उपलब्ध स्रोत र साधनको अधिकतम प्रयोग गरी कार्य गर्ने प्रयत्न भैरहेपनि सोचे जति सफलता हात पार्न नसकिएको उनको गुनासो थियो । समग्र शिक्षाको अवस्थालाई अध्ययन गर्दा अझैपनि राम्रो गर्न लायक स्थिति नरहेको भन्दै उनले सुधारका प्रयासहरु भैरहको जनाए । पश्चिमाञ्चलको शैक्षिक अवस्था केही सुधारात्मक रहेपनि ढुक्क भएर बस्न सक्ने अवस्था नरहेको उनको तर्क थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *