पोखरा -पृथ्वीनारायण क्याम्पस मा अध्यन गर्ने शिक्षा शास्त्र संकायका विद्यार्थी समुहले मंगलबारदेखि सरकारले गरेको शिक्षा निती विरुद्ध हातमा कालो पट्टी वाँधेर विरोध सुरु गरेको छ । शिक्षक वन्ने र धेरै लाई शिाक्षा प्रदान गर्ने र समृद्ध नेपाल निमर्ण गर्न शिक्षा शास्त्र अध्यन गर्ने तर सरकारले जस्ले पनि शिक्षक वन्न पाउने निती अवलम्न गरेकाले विना लाइसन्स शिक्षक वन्न पाइने भए किन छुटै संकायका रुपमा शिक्षा शास्त्र विषय राख्नु प¥यो भन्दै विरोध सुरु गरेको शिक्षा दर्पण समुहका विवेक त्रिपाठीले वताए ।
शिक्षा सेवा नियमावली आयोग खारेजी र जो शिक्षक हुन्छु भनेर शिक्षा शास्त्र संकाय अध्यन गर्दछन् उनीहरु माथी ठुलो अपराध हुने ठहर गर्दे मंगलबार पृथवीनारायण क्याम्पस मा अध्यन गर्नेविद्यँर्थीहरुले विरोध जनाएका हुन् । पछिलो समय ग्रामीण क्षेत्र देखी शहर सम्मका विभिन्न अध्यापन गर्ने धलो मा विना शैक्षिक अध्यापन अनुमती पत्र नभएका व्यक्तीहरुले अध्यापन गराइरहेको वेला सरकार मुग दर्शक वनेर वसीरहेको समूहका सचिव राजन शर्मा रेग्मीले बताए ।
यो आन्दोलन एक हप्ता सम्म चल्ने र शिक्षक वन्ने निती र परिपाटी का विषयमा विद्यार्थी शिक्षकहरु सगँ अन्र्त्क्रिया कार्यक्रम को समेत आयोजना गर्ने त्रिपाठीले वताउनु भएको छ । शैक्षीक असमानता का वारेमा समुहले यस अघिनै जिल्ला शिक्षा अधिकारी मार्फत शिक्षा मन्त्रीलाई ज्ञापन पत्र वुझाएको र हस्ताक्षर समेत संकलन गरेको थियो ।
पाठक प्रतिकृयाहरू