breaking news

संगितालाई आर्थिक सहयोग

August 9th, 2015 | by adminabis
संगितालाई आर्थिक सहयोग
पोखरा र सेरोफेरो
0

पोखरा-कास्की लुम्लेमा अघिल्लो साता गएको पहिरोमा परि परिवारका ६ जना सदस्य गुमाएकी संगिता विकलाई शनिबार सहयोग गरिएको छ । विकको अध्यापनलाइ निरन्तरता दिलाउन शैक्षिक सामग्रि सहित आर्थिक सहयोग गरिएको हो । Sangita

ढिकुरपोखरीको माछापुम्च्छ« उच्चमाविमा भर्खर ११ कक्षामा भर्ना भएकी विकलाई शनिबार एक भारतीय मनकारी दाताले शैक्षिक सामग्री सहित आर्थिक सहयोग गरेका छन् । भारतको अरुणाञ्चल प्रदेशका नन्दकिशोर शर्माले संगिताका लागि पठाएको सहयोग रकम उनका साथी देव क्षेत्रीले शनिबार घरमै पुगेर हस्तान्तरण गरे । शर्मा एसबीआई बैंकमा कार्यरत छन् ।

क्षेत्रीले संगिताका लागि चाहिले पाठ्यपुस्तक सहित पोशाक र दुईवर्षका लागि विद्यालयमा तिर्नुपर्ने मासिक शुल्क गरि करिब ३० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे । पोखराको लेकसिटी कलेज एण्ड रिसर्च सेन्टरका प्राध्यापक समेत रहेका क्षेत्रीले आफ्नै विद्यार्थीजस्तै लागेर संगितालाइ सहयोग गर्न मन लागेपछि शर्मालाई जानकारी गराएको बताए ।

शर्माले प्राकृतिक विपदमा परेका व्यक्तिको सहयोगार्थ रकम पठाएका थिए । विकको अवस्था थाहा पाएपछि उनलाई सघाउन मन लाग्यो । शर्मा पनि यसमा सहमत भए । अनि आएर सहयोग गरे’ क्षेत्रीले भने । संगिताको अध्ययन नरोकियोस भनेर उनलाइ सहयोग दिएका हौ’ उनले भने । विकले पहिरोमा हजुरवुवा, हजुरआमा, आमा, दुईबहिनी र एकभाइ गरि ६ जनालाई एकैपटक गुमाएकी थिइन । बुबा रामुविक रोजगारीको लागि साउदीमा रहेकोले बचेका थिए । रामु तीनदिनअघि घर फर्केका छन् । विकको घर बगेपछि अहिले छिमेकीको घरमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *