breaking news

सङ्गीतकार थापाद्वारा पुरस्कारको रकम अनाथको बाल गीतलाई

April 19th, 2015 | by adminabis
सङ्गीतकार थापाद्वारा पुरस्कारको रकम अनाथको बाल गीतलाई
मनोरञ्जन
0

आविष्कार संवाददाता

पोखरा-सङ्गीतकार सुनील थापाले आफूले पाएको पुरस्कारको सम्पूर्ण रकम अनाथ बालबालिकाको बाल गीत रेकर्डिङका लागि खर्च गरेका छन् । पोखरेली ब्याण्ड कन्दरामा आबद्ध सङ्गीतकार थापाले पोखरेली युवा सांस्कृतिक परिवारद्वारा २०७१ मा प्रदान गरिएको सोम बज्राचार्य स्मृति सङ्गीत पुरस्कारबापत प्राप्त ११ हजार १११ रुपैयाँमा केही रकम थपेर पोखराकै लेकसाइडस्थित रेन्बो चिल्ड्रेन होमका पाँच जना बालबालिकाहरुको स्वरमा बाल गीत रेकर्डिङका लागि खर्च गर्नुभएको हो । बालबालिकाको प्रतिभा विकासका लागि सङ्गीतका माध्यमबाट केही मात्रामा भए पनि सघाउ पु¥याउने उद्देश्यले आफूले सहयोग गरेको थापाले बताए । recording ma geetkar, sangeetkar, arenger ra kalakarharu
‘प्रतिभा भएर पनि रुपैयाँको अभावमा स्रोतामाझ पुग्न नसकेका बालबालिकाहरुलाई यसले पक्कै पनि हौसला प्रदान गर्न सक्छ’, थापाले भने—‘बालबालिकाकै हातमा त यो देशको साहित्य, सङ्गीत, कलाको भविष्य छ ।’ गीतकार अनुराग अधिकारीको रचना र सङ्गीतकार नारायणी लामिछानेको सङ्गीत रहेको ‘बिहानै उठेर…’ बोलको बाल गीतमा सङ्गीतकार थापाकै सङ्गीत संयोजन रहेको छ ।
दर्जनौँ गीत÷गजल रेकर्ड गराइसक्नुभएका अनुराग अधिकारीको बाल गीत भने पहिलो पटक रेकर्ड भएको हो । सो गीत अधिकारीकै म्युजिक कम्पनी अनुपम म्युजिक पोखराको प्रस्तुतीमा स्रोतामाझ आउने पनि बताइएको छ । अनुपम म्युजिकले गत वर्ष सम्पन्न गरेको अनुपम साङ्गीतिक साँझमा पहिलो पटक प्रस्तुत गरिएको सो गीत स्रोताले मन पराएपछि रेकर्डिङको प्रव्रिmयामा अघि बढेको अधिकारीले बताउनुभयो । रेकर्डेड रुपमा आगामी वैशाख २६ गते पोखरा उद्योग वाणिज्य सङ्घमा हुने अनुपम साङ्गीतिक साँझ–२ मा सो गीत सार्वजनिक गरिन पनि गीतकार अधिकारीले जानकारी दिए ।
रेन्बो चिल्ड्रेन होममा आश्रित कास्कीकी अन्जली नेपाली, कालीकोटकी कल्पना बोगटी, रुकुमकी निरुता वि.क., पाल्पाकी आशा वि. क. र तनहुँकी अनिता रानभाटको स्वर रहेको सो गीत पोखराकै जेन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *