breaking news

सहकारीको सहयोग घरदैलोले पु¥यायो एउटै वडाका घरघरमा राहत

May 8th, 2015 | by adminabis
सहकारीको सहयोग घरदैलोले पु¥यायो एउटै वडाका घरघरमा राहत
पोखरा र सेरोफेरो
0

धन बस्नेत
घैरुङ(गोरखा), -आडैमा ध्वस्त घर छन् । छेवैमा पाल टाँगेर गुजारा चलाएका छन् । मनभित्र चोट छ । तर पनि खुलेर हाँस्नुपर्ने बाध्यता छ । त्यही बाध्यतासँगै आफनो दैनिकी जीवनलाई पनि सरलीकरण गर्ने तर्फ भूकम्प पीडित जुटिरहेका छन् । for news

घर लडेको छ । युवा पुस्ता गाँउमा छैनन् । पाका उमेरकाहरु गाँउ छोड्न सकेका छैनन् । भत्किएको भग्नावशेष घरहरु हेर्दै वर्षायाम कुरिरहेका छन् । बारीमा मकै उम्रिएर एकहात जति लामा भएका छन् । गोडने समय भएको छ । मकै गोडन पनि मन अत्तालिएको छ । सुस्केरा हाल्दै गोडमेल गरेर हिउँदको लागि अन्न साँच्नुपर्ने बैशाख
१२ गते गएको भूकम्पले परिस्थिति सृजना गरिदिएको छ ।

मध्यान्हको चर्को घाम थियो । गोरखाको लक्ष्मीबजारबाट २१ किलोमिटर दुरीको कच्ची मोटरबाटो उक्लिदैं थियौं । टोली अघि अघि थियो राहत सामाग्री पछि पछि । केही दिन अघिमात्रै राहत लिएर गएको सवारी लुटपाट भएको सुन्नमा आएपछि झनै त्रसित बन्यो । घन्च्यङमन्च्याङ गर्दै १५ सदस्यीय टोली गोखरा घैरुङ गाविस १ ज्यामिरस्वाँरामा पुग्यो ।

राहत टोली पुग्दा स्थानीय थकान मार्न व्यस्त थिए । भूकम्पले घर भत्काएपछि सुस्केरा हाल्दै आफनो भाग्य खोटो भएको भन्दै आफैंलाई धिक्कार्दै थिए । यद्यपी राहत टोलीले उपलब्ध गराईदिएको राहतले मुहारमा केही बेर खुशीयाली भने ल्याईदियो । राहत टोली पुग्दा गाँउलेले पनि पत्याएका थिएनन् । सरकारी आखाँबाट टाढाको दुरीमा रहेको गाँउमा खासै राहत नपुग्दा विश्वास कसैले नगर्दा राहत बाड्न पनि केही समस्या हुने हो कि भन्ने पीरलो पनि थपिएको थियो । DSC_1002

‘घरदैलोको अभियान, समुदायको उत्थान’ नारासहित दुईवर्ष अघि स्थापित घरदैलो बचत तथा ऋण सहकारी सस्थाले गोरखा ज्यामिरस्वाँराबासीको उत्थानको लागि राहत सामाग्री हस्तान्तरण गर्दै सामाजिक उत्तरदायित्व पुरा गर्न अग्रसर बन्यो । आकाशमा चर्को घाम लागेको थियो । चर्को घामले सबैलाई आलस्यता पैदा ग¥यो । यद्यपी मनभित्रको हुटहुटीले कतिखेर पीडित क्षेत्रमा पुगिन्छ भन्ने उत्कट चाहना मनभित्र राहत टोलीको थियो ।

‘बाहिरबाट हेर्दा सबै सकुशल देखिन्थे । गाँउभित्र पुगेर हेर्दा घरहरु खण्डहर जस्तै बनेको देखियो ।’ राहतको लागि पुगेका घरदैलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराका अध्यक्ष विरेन्द्रबहादुर कार्कीले भने—‘यस्तो विषम परिस्थिति अब कसैलाई पनि नआवस, हेर्न र सुन्न पनि नपरोस ।’ अध्यक्ष कार्कीले आफना शेयरसदस्यबाट संकलित राहत सामाग्रीलाई स्थानीय गणेश प्राविका शिक्षक दिलिप थापामगरको अगुवाईमा हस्तान्तरण गर्दै भने—‘हामीले सामाजिक दायित्व पुरा गर्न आईपुगेका हौं । यो राहत महिनादिनसम्म नपुग्ला तर पीडितको पीडामा थोरै भएपनि मलम लगाउने प्रयास गरेका हौं । सबैले सहर्ष स्वीकार गरिदिनुहोला ।’ 22

अध्यक्ष कार्कीको भनाईपछि नै गाँउले अगुवा थापामगरले तयार पारेको नामावली अनुसार प्रत्येक पीडित परिवारलाई राहत सामाग्री वितरण गरियो । कोही नदोहोरिउन, कोही नछुटुन भन्ने आशले प्रत्येकको नामसहित राहतको लागि आग्रह गरिएको थियो । मगर, दलित, क्षत्री र ब्राह्मण समुदायको १ सय ४८ घरधुरी परिवारलाई घरदैलोले पु¥याएको राहतले पीडितको मुहारमा खुशी झल्काईदिएको थियो ।

‘एक अघि मात्रै रेडक्रसले राहत दिएको थियो । चामल र फाष्टफुड मात्रै दिएको थियो ।’ थापामगरले सुनाए—‘सहकारीले दिएको राहतले गाँउलेले पीडा भुल्ने प्रयास गरे । धेरै धन्यावाद ।’ सहकारीले राहत वितरण गर्ने अभियान तीन दिन अघिमात्रै बनाएको थियो । तर स्थान छनोटले केही समय व्यतित गर्दा सहयोगीको भूमिका भने स्थानीय पत्रकार प्रकाश ढकालले गरिदिए । 33

राहत टोली पुग्दा मध्यान्हको साढे १२ बजेको थियो । शिक्षक थापाले सबै गाँउलेलाई खबर गरे । गाँउले विहानीमा मेलापात गरेर खानापिन गरेर आराम गरिरहेका थिए । झण्डै दुई घण्टाको समय लगाएर राहत वितरण भयो । घरदैलोले पीडित परिवारको घर घरमा राहत सामाग्री पु¥यायो । एकपछि अर्को गर्दै शान्तपूर्ण रुपमा राहतलाई सुरक्षित गरे । राहतको लागि सहकारीका शेयर सदस्य तथा अन्य विभिन्न व्यक्तित्वहरुले पनि आफनो गच्छे अनुसार राहतको लागि आर्थिक सहयोग गरेको सहकारी संस्थाले जनाएका छन् । 11

तस्वीर धन बस्नेत

Leave a Reply

Your email address will not be published. Required fields are marked *