पोखरा ८ जेठ-भुकम्प पिडितहरुको सहयोगार्थ कास्की जिल्लामा रहेको सहकारी संघहरुको अगुवाईमा आफ्ना सदस्य संस्थाहरुबाट संकलन भएको रु.१५ लाख २७ हजार १२७ एक कार्यक्रमका बीच कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको भौचर हस्तान्तर गरिएको छ । पहिलो चरण अन्र्तगत कास्कीमा भएको मध्ये ११४ वटा सहकारी संस्थाहरुले उक्त खातामा सहयोग प्रदान गरेको हो ।
सहकारी अभियानले उक्त रकम नेपाल बंगलादेश बैकमा भएको खाता नं. ०३५१४१ सी मा जम्मा गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा जिल्ला सहाकारी संघका अध्यक्ष रविरमण तिवारी, कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष भीमबहादुर गुरुङ्ग, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका प्राचार्य बद्रीनाथ अधिकारी, सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लि.का अध्यक्ष पुन्यप्रसाद पौडेल, जिल्ला उपभोक्ता सहकारी संघका उपाध्यक्ष कृष्णप्रसाद बराल लगायतका सहयोग गर्ने सहकारी संस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । यसअघि कास्कीमा कार्यरत सहकारी संघ संस्थाहरुबाट एकमुष्ठ रुपमा राहत रकम संकलन गरि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सहकारी संघ संस्थाहरुलाई आव्हान समेत गरेको थियो । कास्कीमा रहेको सहकारी संघ संस्थाहरुले यसको अलवा प्रभावित जिल्लाहरुमा गई विभिन्न भौतिक सामाग्रीहरु समेत वितरण गरिरहेको छ । इच्छुक सहकारी संघ संस्थाहरुले राष्ट्रिय सहकारी बैक लि.पोखरा शाखामा भएको सहकारी दैबी प्रकोप राहत कोषमा जम्मा गर्न सकिनेछ ।
पाठक प्रतिकृयाहरू