breaking news

सामाजिक सञ्जाल पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधार

October 26th, 2016 | by adminabis
सामाजिक सञ्जाल पर्यटन प्रवद्र्धनको महत्वपूर्ण आधार
पोखरा र सेरोफेरो
0

धन बस्नेत ,पोखरा-नयाँ ठाँउ, फोटो अपलोड । सामाजिक सञ्जाल फेसबुकमा देखिने युवापुस्ताको दैनिकी हो । अनि साथीभाइको आउने कमेन्टले मार्केटिङ गरेको छ । कमेन्टले अरुलाई घुमफिर गर्न प्रेरित गरेको छ । फेसबुक पछिल्लो समय आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने दरिलो माध्यम बनेको छ । फेसबुकमात्रै होईन ट्वीटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल पर्यटन प्रवद्र्धनका महत्वपूर्ण आधार बन्दै गएका छन् । foto-from-facebook

सूचना प्रविधिको पहुँच बढ्दै गएको छ । इन्टरनेटको पहुँचसँगै सामाजिक सञ्जालले पर्यटन प्रवद्र्धन गर्न मार्केटिङको भूमिका खेलिरहेको छ । भ्रमणको क्रममा फेसबुकमा राखिएको फोटोले अरुलाई घुम्नको लागि अभिप्रेरित गरेको अनुभव पोखराका पर्यटन व्यवसायीले गरेका छन् । भन्छन्—‘फेसबुकले पर्यटन प्रवद्र्धनको लागि मार्केटिङ गरेको छ ।’
हिमालपारीको जिल्ला मुस्ताङ र मनाङ पुग्ने अधिकांश पर्यटक आन्तरिक छन् । सेतो छाला मात्रै पर्यटक मान्ने अवस्था पदयात्रा मार्गका पर्यटन व्यवसायीको थियो । जुन विस्तारै हट्दै गएको छ । यो वर्ष आन्तरिक पर्यटकले पर्यटन क्षेत्रमा नयाँ आयाम थपिदिएको छ । पोखरासँगै पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको आगमनमा ह्वात्तै बढेको छ । यसको श्रेय सामाजिक सञ्जाल नै मानिएको छ । नयाँ ठाँउको मार्केटिङ सबैभन्दा छिटो फेसबुकबाटै हुने गरेको छ ।
‘फेसबुकमा राखिएको फोटोले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको छ ’ नेपाल पर्यटन बोर्डका पुर्व सदस्य टिकाराम सापकोटा भन्छन्—‘गन्तव्यको बारेमा जानकारी दिदैं प्रवद्र्धनको लागि अहम भूमिका छ ।’ उनको बुझाईमा फेसबुकले प्रत्यक्ष मार्केटिङको काम गरिरहेको छ । फेसबुकमै राखिएको फोटोले नै लोभ्याउँने गरेको छ, घुम्न जान अभिप्रेरित पनि हुने गरेका छन् ।
यतिबेला पर्यटकीय सिजन हो । बाह्य पर्यटकको आगमन हुने अपेक्षा गरेपनि त्यस अनुरुप पोखरामा भने देखिएको छैन् । तर पनि पर्यटन व्यवसायी भने राहतको अनुभूति गरेका छन् । आन्तरिक पर्यटकको रोजाई पोखरा हुने गरेको छ । त्यसको श्रेय नै फेसबुक बन्ने गरेको स्वयं व्यवसायीहरु स्वीकार्छन् । ‘फेसबुकमा देखिएको फोटोकै आधारमा अधिकांश आन्तरिक पर्यटक पदयात्रामा जाने गरेका छन्’—पश्चिमाञ्चल होटल संघका अध्यक्ष भरतराज पराजुलीले भने—‘जसले प्रत्यक्ष प्रभाव पोखरामा पनि परेको छ ।’
पश्चिमाञ्चल होटल संघले आन्तरिक पर्यटक प्रवद्र्धन गर्न डेढदशक अघिदेखि जाँउ है पोखरा अभियान चलाएको थियो । तर अहिले फेसबुकमा अपलोड हुने फोटोले पोखराको पर्यटनमा टेवा पुग्ने गरेको छ । पोखराबाट विशेष गरी अन्नपूर्ण बेसक्याम्प, माछापुच्छ«े बेसक्याम्प, राउण्ड अन्नपूर्ण पदयात्रा तथा मर्दी हिमाल टे«किङमा जानेमा बढी आन्तरिक पर्यटक छन् । आन्तरिक पर्यटकले घुमेका ठाँउहरु दैनिकजसो अपलोड गर्दा अरुलाई घुम्नको लागि प्रेरित र हौसला थप्ने गरेको छ ।
‘पर्यटन प्रवद्र्धनको लागि पर्यटन व्यवसायीले पेज नै बनाएर मार्केटिङ गर्न जरुरी छ’—टे«किङ एजेन्सीज एशोसियसन अफ पोखरा (टान) पश्चिमाञ्चल संघका उपाध्यक्ष हरि भुजेलले भने—‘संस्था पिच्छे भन्दा एउटै फेसबुक पेज बनाएर ठूलो सञ्जाल बनाई प्रवद्र्धन गर्न जरुरी छ ।’ माउथ टु माउथ सँगै फेसबुकमा अपलोड गरिने फोटोले प्रत्यक्ष प्रभाव देखिएको उनको भनाई छ । ‘एउटा चित्रले हजार शब्दले भन्दा बढी बर्णन गर्छ’ उनले भने—‘त्यसले गर्दा पनि टुरिज्म प्रोमोसन गर्न पेज नै बनाएर जानुपर्ने खाँचो छ ।’
तस्वीर—विश्वराज अधिकारीको फेसबुक पेजबाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *